नेकपा एमाले १०औँ राष्ट्रिय महाविधेशन : अध्यक्ष ओलीद्वारा मंसिर ११ गते रात्रिभोजको आयोजना
चितवन। नेकपा एमालेको चितवनमा हुन गइरहेको १०औँ राष्ट्रिय महाधिवेशनको तयारीका काम तीव्ररुपमा अगाडि बढिरहेको छ । महाधिवेशन सफल पार्न जिल्लामा निर्माण गरिएका समितिहरुले आफ्ना कामहरु तीव्र रुपमा अगाडि बढाइरहेको जनाएका छन् ।
महाधिवेशनलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नका लागि चितवनमा जनपरिचालन, आर्थिक प्रबन्ध, प्रचार, कार्यालय समन्वय, अनुगमन, यातायात प्रबन्धलगायतका समितिहरु निर्माण गरेर काम अगाडि बढाइएको छ ।
जिल्लामा निर्माण गरिएको जनपरिचालन समितिको संयोजकमा देवि ज्ञवाली, आर्थिक ...


