×

चितवन – नेपाली कांग्रेस चितवनको सभापतिमा महासमिति सदस्य राजेश्वर खनालले उमेदवारी घोषणा गरेका छन । बिहिबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै खनालले सभापतिमा उमेदवारी घोषणा गरेका हुन । पार्टिको जिल्ला अधिवेशन आगामी मंसीर १० गते क्यान्सर अस्पतालको अडिटोरियम हलमा हुँदैछ ।

अहिले पार्टि सभापतिको मात्रै उमेदवारी घोषणा भएपनि केहिदिनमै पुरा प्यानलसहित उमेदवारी घोषणा हुने खनालले जानकारी दिए । पत्रकार सम्मेलनका क्रममा उमेदवार खनालले चुनाबी घोषणापत्र पनि सार्वजनिक गरेका छन । घोषणापत्रमा सभापति निर्वाचित भएको खण्डमा गरिने कार्ययोजना समेत समावेश छ । सेवामुखी राजनीतिलाई मूख्य नारा बनाएका खनालले योग्यता र क्षमताको आधारमा जिम्मेवारी बाँडफाँड गर्ने स्पष्ट पारे । सभापतिको चुनाब जिते पाँच बर्ष अन्य कुनै पदको लोभ नगर्ने उनको उद्घोष छ ।

चितवनमा कांग्रेसलाई बलियो बनाएर कार्यकर्ताहरुले रुख चिह्नमा मात्रै मतदान गर्ने व्यवस्था आफुले मिलाउने उमेदवारी खनालले बताए । आफ्नो घोषणापत्रमा खनालले केन्द्रिय निर्देशन कार्यान्वयन, संस्थागत निर्णयको परिपाटी, कार्यालय व्यवस्थापन र सूचना प्रणालि, क्षेत्रीय प्रतिनिधि, महासमिति, माहाधिवेशन प्रतिनिधिलाई जिम्मेवारी, सल्लाहाकार परिषद्को व्यवस्था, उपविजेता तथा चुनाबमा असफल भएकाहरुको व्यवस्थापन र पार्टिका कार्यकर्तालाई प्रशिक्षणको व्यवस्थापन गर्ने उल्लेख गरेका छन । सभापतिका दाबेदार खनाल राजनीतिसंगै शैक्षिक क्षेत्रमा पनि लामो समयदेखि सकृय छन । चुनाबमा अग्रजदेखि समकालिन र युवाहरुको साथ आँफुलाई रहने खनालको बिश्वास छ ।

तपाईको प्रतिक्रिया