चितवनमा मंसिर १७ गतेबाट मतदाता नामावली संकलन कार्य सुरु हुने
चितवन । चितवनमा यहि मंसिर १७ गते बाट मतदाता नामावली संकलन गरिने भएको छ । जिल्लाको भरतपुर महानगरपालिका बाहेक अन्य स्थानीय तहका लागि सम्बन्धित स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका भित्र बसोबास गरेका र मतदाता नामावलीमा नाम समावेश नभएकाहरुको लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गर्न कार्यालयले आग्रह गरेको छ ।
जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्क...


