×

चितवन–नेपाली कांग्रेस चितवन क्षेत्र नं।२ को सभापतिमा भरतप्रसाद लामिछाने निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी लक्ष्मण गुरुङलाई ५८ मतको अन्तरले पराजित गर्दै लामिछाने सभापतिमा निर्वाचित भएका हुन् । लामिछानेले ५०३ मत प्राप्त गरे भने गुरुङले ४४५ मत प्राप्त गरे ।

यस्तै सचिवमा निर्मल कुमार राना र प्रल्हाद उप्रेती निर्वाचित भएका छन् । रानाले ४५५ र उप्रेतीले ४०६ मत प्राप्त गरे । अन्य प्रतिस्पर्धीहरु काशीराम गिरी ९३६२०, विकास पौडेल ९३४९० र ध्रुवराज सुवेदी ९१७७० मत प्राप्त गरे ।

यसैगरि सह–सचिवमा श्रृजना बसौला देवकोटा र कृष्णकुमारी पन्त निर्वाचित भएका छन् । पन्तले ३७८ र बसौलाले ३१२ मत प्राप्त गरे । भवानीदेवी अधिकारी ९३०६०, रामजी पौडेल ९२९७०, विष्णुहरि खनियाँ ९१९१०, इन्द्रबहादुर घलान ९१२४० र महेन्द्र थापा मगर ९११९० मत प्राप्त गरे ।उद्योग वाणिज्य संघ, चितवन, नारायणगढमा भएको मतदानमा ९९४ जनाले मतदान थिए । यस निर्वाचन क्षेत्रमा १००४ जना मतदाता रहेका थिए ।

तपाईको प्रतिक्रिया