×

चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाइ भब्य तथा सभ्य बनाउने मुल उद्देश्यका साथ आज भरतपुर महानगर वडा कमिटी १ ले बृहत भेला कार्यक्रम सम्पन्न गरेको छ।कमिटीका अध्यक्ष शुक्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो भेलामा नेकपा एमाले बागमती प्रदेश सदस्य पुरुषोत्तम न्यौपाने प्रमुख अतिथि रहेका थिए भने बागमती प्रदेश सदस्य तथा पुर्व साम्सद शारदा कुमाल विशिष्ट अतिथि रहेका थिईन। राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लागि आजको भेलाले हरेक टोल टोलमा खटिनेगरि वडा कमिटी १ बाट १७ सदस्यीय उत्पेरक कमिटी गठन गरेको छ।

प्रमुख अतिथि पुरुषोत्तम न्यौपानेले नव गठित उत्पेरक कमिटीलाई आजै देखि आ-आफ्नो टोलमा टोल भेला गरि महाधिवेशनका लागि घरदैलो गर्दै कम्तीमा ४००० को संख्यामा जनपरिचालन गर्न निर्देशन जारी गरेका छन।आजको भेलामा सहभागीहरूलाइ अधिबेशनको निमन्त्रणा पत्र प्रदान गर्दै आफ्नै वडामा नेकपा एमालेको राष्ट्रिय अधिबेशन आयोजना गरिएको प्रती खुशी व्यक्त तथा अवसर र चुनौतिलाई सामना गर्नका लागि रातदिन नभनी खटिन कमिटी अध्यक्ष शुक्र कुमार श्रेष्ठले आव्हान गरेका छन।

तपाईको प्रतिक्रिया