×

नवलपुर । पूर्वी नवलपरासी प्रहरीले ६ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।चोरमारा बजारमा आज बिहान बन्द गराउंदै हिडेका नेपाल कम्युनिष्ट पार्टी  विप्लव समुह का २ जिल्ला सदस्यसहित ६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।

पक्राउ पर्नेमा जिल्ला सदस्यद्वय धनबहादुर मगर, विरबहादुर थापा मगर छन् ।त्यसैगरी पक्राउ पर्ने अन्यमा नरेन्द्रमान मुखिया, दीपक कुंवर, दीपक विक र मंगलसिंह कुमाल रहेको प्रहरीले जनाएकाे छ ।

उनीहरू सबै मध्यविन्दु नगरपालिकाका हुन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपाले नेपाल बन्दको आव्हान गरेको छ ।पक्राउ परेकासंग आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।बन्द आव्हानका कारण पूर्व पश्चिम राजमार्ग भएर चल्ने लामो दुरीका सवारी साधन चलेका छैनन् ।अन्य क्षेत्रको जनजीवन सामान्य रहेको प्रहरीले जनाएको छ ।

नारायणगढको लायन्सचोकमा बन्द गराउने ९ जना कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको छ।यातायात अबरुद्ध गर्न खोजेपछी बिप्लबका कार्यकर्ता र प्रहरी बिच केहिबेर घम्साघम्सि समेत भएको थियो।

यस्तै बाइपास रोडको अँखा अस्पताल नजिकबाट पनि २ जनालाइ पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ। उनिहरुलाइ बन्द गराउदै हिडेको अबस्थामा बिहान साढे ५ बजेको समयमा प्रहरीले पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया