×

चितवन सेरोफेरो

काङ्ग्रेसले टुंगो लगायो भरतपुर महानगर प्रमुख उपप्रमुखका आकांक्षी ( नाम सहित )

काङ्ग्रेसले टुंगो लगायो  भरतपुर महानगर प्रमुख उपप्रमुखका आकांक्षी ( नाम सहित )
चितवन । नेपाली काङ्ग्रेस माहनगर समितिले आसन्न स्थानीय तह निर्वाचनको लागि भरतपुर माहानगरपालिकामा आफनाआकांक्षी उम्मेदवारहरुको नामावली टुंगो लगाएको छ ।नेपाली काङ्ग्रेसको तर्फबाट मेयरमा २५ जनाको र उप मेयरमा २४ जनाको मनोनयन दर्ता भएको छ । मेयर पदमा मनोनयन दर्ता गराउनेमा पार्टी केन्द्रीय सदस्य दिनेश कोइराला,पार्टीका निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्व सांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी,विजय शर्मा भुस...

एमालेबाट भरतपुरको मेयरमा विजय सुवेदी उम्मेदवार

एमालेबाट भरतपुरको मेयरमा विजय सुवेदी उम्मेदवार
चितवन । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार नेता विजय सुवेदीलाई बनाउने निर्णय गरेको छ। आइतबार पार्टीका उप–महासचिव प्रदिप ज्ञवालीसमेतको उपस्थितिमा भएको महानगर कमिटिको बैठकले सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सुवेदी बागमती प्रदेश सभाका सदस्य हुन्। उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए। भरतपुरको मेयरमा एमालेबाट पोलिटव्युरो सदस्य देविप्रसाद ज्ञवाली र कृष्णभक्त पोखरेलको पनि चर्चा थियो। ज्ञवालीले नै सुवेदीलाई मेयर प...

चितवनमा प्रचण्डका साडुभाई खेम भट्ट एमाले प्रवेश

चितवनमा प्रचण्डका साडुभाई खेम भट्ट एमाले प्रवेश
चितवन । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साडुभाई, माओवादीका नेता खेम भट्ट र माया भट्ट एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले भट्ट दम्पत्तीलाई पार्टीमा स्वागत गर्नुभएको हो । आज नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा भट्टराईलाई पार्टीमा स्वागत गरिएको हो । भरतपुरको पटिहानीका भट्ट २०३५ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आउनु भएको छ । उहाँ माओवादी केन्द्र चितवनका जिल्ला सदस्य, बागमती प्रदेश प्रतिनिधि र...

बर्डफ्लुको कारण चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अण्डा प्रवेशमा रोक

बर्डफ्लुको कारण चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अण्डा प्रवेशमा रोक
चितवन ।  जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो । आज दिउँसो १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । चितवनलगायत देशका विभिन्न जिल्लामा पक्षीमा बर्डफ्...

चितवनमा घाँस काट्न गएका पुरुषलाई बाघले लग्यो

चितवनमा घाँस काट्न गएका पुरुषलाई बाघले लग्यो
चितवन – चितवनको खैरहनी नगरपालिका १२ का एक पुरुषलाई बाघले आक्रमण गरेको छ ।आज बिहान  खैरहनी १२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा स्थानीय ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो । घाँस काट्न धमलालाई बाघले आक्रमण गरि लगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।उनको नेपाली सेनाको जनकपुर पोष्ट कुमरोज र ईलाका प्रहरी कार्यालय खैरहनीको टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

लक्की मिडिया हाउसको भित्तेपात्रो विमोचन

लक्की मिडिया हाउसको भित्तेपात्रो विमोचन
चितवन । लक्की मिडिया हाउस चितवनले नयाँ वर्ष २०७९ को भित्तेपात्रो प्रकाशनमा ल्याएको छ । सो भित्तेपात्रोको नेपाली कांग्रेसका पूर्व महामन्त्री डा‍ शशांक कोइराला, नेपाल चलचित्र कलाकार संघका महासचिवमा चेतबहादुर सिंह तथा लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्कीले संयुक्त रुपमा एक कार्यक्रमकाबीच काठमाडौंमा विमोचन गर्नुभएको हो । विमोचनपछि बोल्दै डा‍ कोइरालाले देशको सबै क्षेत्रमा मिडियाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । यो भित्तेपात्रो बर्षको दर्पणको रुपमा रहेर अब शुभारम...

बाल यौन दुर्व्यवहार गरेको आरोपमा चितवनमा दुई शिक्षक पक्राउ

बाल यौन दुर्व्यवहार गरेको आरोपमा चितवनमा दुई शिक्षक पक्राउ
चितवन- बाल यौन दुर्ब्यबहार गरेको आरोपमा प्रहरीले दुई  शिक्षकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चितवनको भरतपुर–१३ का ५८ वर्षीय फणिन्द्र भटट्राई र  ५२ वर्षीय विमल प्रसाद देवकोटा रहेका छन् ।भरतपुर १३ स्थित श्री माध्यमिक बिधालय गंगानगरका छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए । उनका अनुसार  कक्षा ४ मा अध्ययनरत १३ वर्षीया  नाबालिकालाई शिक्षक भट्टराईले र सोही बिधालयमा कक्षा ६ मा अध्यनरत...

नागढुंगा–मुग्लिन सडकखण्ड : २४ ओटा नयाँ पुल निर्माण गरिदैं

नागढुंगा–मुग्लिन सडकखण्ड : २४ ओटा नयाँ पुल निर्माण गरिदैं
चितवन । नागढुंगा–मुग्लिन सडकमा २४ ओटा नयाँ पुल निर्माण गरिने भएको छ । विस्तार र सुधारका क्रममा रहेको सो सडकमा दुईरदुई लेनका पुल निर्माण गर्न लागिएको हो ।हाल सो सडक खण्डमा २७ ओटा पुल छन् । तीमध्ये तीन पुल नयाँ र फराकिला भएकाले त्यहाँ नयाँ पुल आवश्यक नभएको नागढुंगा–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । पुराना पुल भएका स्थानमा तिनलाई मर्मत गर्नाका साथै सँगै नयाँ पुल पनि निर्माण गर्न लागिएको हो । सडकसँगै पुल निर्माण तीन वर्षमा सम्पन्न गरिने आयोजनाका प्रमुख किरण कार्कीले बताए ...

कलिका नगरपालिका वडा नं. ६ को अध्यक्षमा ईश्वर भट्टराईको चर्चा

कलिका नगरपालिका वडा नं. ६ को अध्यक्षमा ईश्वर भट्टराईको चर्चा
सुस्मा न्यौपाने चितवन । बैसाख ३० गतेका लागि तय भएको स्थानीय निकायको निर्वाचनमा चितवनको कालिका नगरपालिका वडा नं. ६ बाट युवा नेता ईश्वर भट्टराईको नाम चर्चामा आएको छ । नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडा अध्यक्षमा भट्टराईले उमेदवारी दिन सक्ने सम्भावना उच्च देखिएको छ । सफल युवा ब्यवसायी, नेता तथा समाजसेवीको रुपमा आफुलाई स्थापित गर्नुभएका भट्टराईले पार्टिले टिकट दिए स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्षको रुपमा अगाडी बढ्ने संकेत गर्नुभएको छ । उज्यालो खबरसँग कुरा गर्दे उहाँल...