×

चितवन सेरोफेरो

रेनु दाहालकाे चुनावी गीत सार्वजनिक !

रेनु दाहालकाे चुनावी गीत सार्वजनिक !
चितवन।  गठबन्धनको भागबण्डामा भरतपुर महानगरपालिका नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रले पाउने निश्चत भएपछि रेनु दाहालको चुनावी गीत सार्वजनिक भएको छ । गीतमा स्वयंम नेतृ रेनु दाहाललाई देख्न सकिन्छ । गीतमा मेयर दाहालले भरतपुर महानगरपालिकामा ५ वर्षे कार्यकालमा गरेका कामको चर्चा गरिएको छ । महानगरमा निर्माण भएको कालोपत्रे सडक, पर्यटकीय क्षेत्र, निर्माणाधिन सिटी हल, नारायणी तटबन्धनलगायत सुकुम्बासीलाई लालपुर्जा वितरणसम्मका दृश्यलाई गीतमा समेटिएको छ । प्रेस सेन्टर नेपालका केन्द्री...

भरतपुरको मेयर माओवादीलाई दिने निर्णयसँगै काँग्रेस चितवन आक्राेसित

भरतपुरको मेयर माओवादीलाई दिने निर्णयसँगै काँग्रेस चितवन आक्राेसित
चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वचितवन जिल्ला सभापति टेकप्रसाद गुरुङले भरतपुरको मेयर माओवादीलाई दिने निर्णयप्रति आफ्नो गम्भीर आपत्ति रहेको बताएका छन् ।उनले कांग्रेस चितवनका नेता तथा कार्यकर्ताको भावना विपरित गठबन्धनको निर्णय गरिएको भन्दै त्यसले नतिजा राम्रो नदिने बताएका हुन् । नेता गुरुङले भने, ‘केन्द्रीय कमिटीको बैठकको भावना विपरित केन्द्रबाट नै निर्णय गरिएको छ । यो निर्णय मान्न हामी तयार छैनौं । केन्द्रीय कमिटीले नै जिल्लाका नेता कार्यकर्ताको भावना र वस...

वैशाख ९ गतेदेखि ११ गतेसम्म आठौँ नेपाल फर्मा एक्स्पो २०२२ भरतपुरमा हुने

वैशाख ९ गतेदेखि ११ गतेसम्म आठौँ नेपाल फर्मा एक्स्पो २०२२ भरतपुरमा हुने
चितवन। यही वैशाख ९ गतेदेखि ११ गतेसम्म आठौँ नेपाल फर्मा एक्स्पो २०२२ भरतपुरमा हुने भएको छ । नेपाल औषधि उत्पादक सङ्घले चितवन एक्स्पो सेन्टर भरतपुर एक्स्पोको आयोजना गरेको हो । सङ्घका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक नारायणबहादुर क्षेत्रीका अनुसार एक्स्पोमा स्वदेशी र विदेशी गरी १५० स्टल रहने छन् । नेपाल, भारत र बङ्गलादेशको एउटा स्टल रहने उहाँले जानकारी दिनुभयो । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न बहुराष्ट्रिय कम्पनी र नेपाली औषधि उद्योगहरूले एक्स्पोमा भाग ल...

भरतपुरमा मेयर माओवादीले लिने र उपमेयरसहित सबै वडाअध्यक्ष कांग्रेसलाई

भरतपुरमा मेयर माओवादीले लिने र उपमेयरसहित सबै वडाअध्यक्ष कांग्रेसलाई
काठमाडौं । सत्तारूढ पाँच दलबीचको चुनावी तालमेल पोखरा महानगरमा पुगेर अड्किएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान दिउँसो र साँझ गरी तीनपटकसम्म बसेको सत्तारूढ गठबन्धनको बैठक साँझसम्म जारी रहे पनि पोखरा महानगरको विषयमा तालमेल नमिल्दा सहमति जुट्न नसकेको हो । पोखराबाहेक, काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर र वीरगन्ज महानगरपालिकामा भागबन्डा मिलिसकेको छ । नेताहरूका अनुसार काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले लिने सहमति भएको छ । भरतपुरको मेयर माओवाद...

भरतपुर अस्पतालमा बिताएका दुई वर्षले सिकाएको पाठ र सत्प्रयासका लागि बढेको आत्मविश्वास

भरतपुर अस्पतालमा बिताएका दुई वर्षले सिकाएको पाठ र सत्प्रयासका लागि बढेको आत्मविश्वास
विजय सुवेदी, पूर्वअध्यक्ष( भरतपुर अस्पताल ) २०७१ असोजमा २ वर्षका लागि भन्दै तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको मन्त्रीस्तरीय निर्णयबाट म भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएँ । मैले नियुक्तिअघि यस जिम्मेवारीमा जाने विषयमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूलाई जानकारी गराएको थिएँ । उहाँले तपाईंले गर्नुपर्ने धेरै कामहरु छन्, एउटा जिल्ला अस्पतालमा नजान सल्लाह दिनुभयो । मैले भरतपुर अस्पताल गएर सुधार गर्ने अठोट सुनाएँ । उहाँले जिल्ला अस्पताल भन्दै गर...

 राप्रपा नेतृत्वमा पुगे स्वास्थ्य शिक्षा निशुल्क, भ्रष्टाचार उन्मुलन हुन्छ : बिक्रम पाण्डे

 राप्रपा नेतृत्वमा पुगे स्वास्थ्य शिक्षा निशुल्क, भ्रष्टाचार उन्मुलन हुन्छ : बिक्रम पाण्डे
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले आगामी निर्वाचनमा राप्रपाले जिते भ्रस्टाचार निर्मुल पार्ने बताउनुभएको छ । चितवनको भरतपुरमा आयोजित बृहत आम सभालाई सम्बोधन गर्दे उहाँले सो कुरा बताउनु भएको हो । उहाँले देशमा आजसम्म सरकारको नेतृत्व गर्नेहरुबाट देश भ्रष्टाचारले ग्रसित भएको भन्दै उहाँले यसको निराकरण राप्रपाले मात्रै गर्न सक्ने दावी गर्नुभयो । यस्तै उहाँले अहिले आम सर्वसाधरण स्वास्थ्य र शिक्षामा महँगो शुल्क तिर्नुपर्ने बाध्यता आईपरेको भन्दै रा...

एकैदिन सौराहामा ५ हजारभन्दा बढी पर्यटक भित्रिए

एकैदिन सौराहामा ५ हजारभन्दा बढी पर्यटक भित्रिए
चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा नयाँ वर्षमा एकैदिन पाँच हजार बढी पर्यटक भित्रिएका छन् । सौराहामा आयोजना गरिएको सौराहा फुड फेष्टिवल तथा नयाँ वर्षको प्रभावले एकैदिन सो संख्यामा पर्यटक भित्रिएका हुन् । यो कोरोना कहर पछिको उच्च संख्या भएको व्यवसायीको भनाइ छ । बुधवारबाट फेष्टिवल शुरु भएको थियो । नयाँ वर्ष मनाउन र फेष्टिवलमा रमाउन स्वदेशी तथा विदेशी पर्यटक सौराहा आएको फुड फेष्टिवल संयोजक ध्रुव गिरीले जानकारी दिए । फेष्टिवलको प्रभावले सौराहा भरिभराउ रहेको र सबै होटल बुकिङ ...

भरतपुरको मेयर नपाए काँग्रेसले विद्रोह गर्नेः सबै वडामा स्वतन्त्र उम्मेदवार उठाउने

भरतपुरको मेयर नपाए काँग्रेसले विद्रोह गर्नेः सबै वडामा स्वतन्त्र उम्मेदवार उठाउने
चितवन । भरतपुर महानगरपालिकाको मेयर पद नेकपा माओवादी केन्द्रलाई छाड्ने सत्ता गठबन्धनको अनौपचारिक निर्णय बाहिरिएपछि कांग्रेसको महानगरका वडा सभापतिहरूले असन्तुष्टि जनाएका छन् । सत्ता गठबन्धनका दलले अघिल्लो चुनावमा जितेका पद यथावत् रूपमा पाउने र एमालेले जितेका पदमा भागबन्डा गर्ने अनौपचारिक निर्णय बाहिरिएको थियो । उक्त निर्णय कार्यान्वयन भएमा भरतपुर महानगरपालिका स्वतः माओवादी केन्द्रले पाउने छ । नेपाली कांग्रेस वडा नम्बर १९ का सभापति आसमान तामाङको अध्यक्षतामा मंगलबार जिल्ला ...

इच्छाकामना गाँउपालिकाको अध्यक्षमा एमालेको उम्मेदवार दानबहादुर गुरुङ

इच्छाकामना गाँउपालिकाको अध्यक्षमा एमालेको उम्मेदवार दानबहादुर गुरुङ
चितवन । नेकपा एमालेको इच्छाकामना गाउँ कमिटीले पालिका अध्यक्षमा दानबहादुर गुरुङको नाम सिफारिस गरेको छ । सोमबार बसेको गाउँ कमिटी बैठकमा अध्यक्ष कृष्ण सिलवालले गुरूङलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए, त्यसलाई अनुमोदन गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्व जिल्ला अध्यक्ष समेत रहेका गुरूङ शिक्षण पेशाबाट राजनीमा दिएर राजनीतिमा सक्रिय हुन लागेका हुन् । गाउँपालिका उपाध्यक्षको उम्मेदवारका लागि ७ जनाले दावी पेश गरेको सिलवालले जानकारी दिए ।