चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले आगामी निर्वाचनमा राप्रपाले जिते भ्रस्टाचार निर्मुल पार्ने बताउनुभएको छ । चितवनको भरतपुरमा आयोजित बृहत आम सभालाई सम्बोधन गर्दे उहाँले सो कुरा बताउनु भएको हो । उहाँले देशमा आजसम्म सरकारको नेतृत्व गर्नेहरुबाट देश भ्रष्टाचारले ग्रसित भएको भन्दै उहाँले यसको निराकरण राप्रपाले मात्रै गर्न सक्ने दावी गर्नुभयो ।

यस्तै उहाँले अहिले आम सर्वसाधरण स्वास्थ्य र शिक्षामा महँगो शुल्क तिर्नुपर्ने बाध्यता आईपरेको भन्दै राप्रपालाई नेतृत्वमा पुराएको खण्डमा शिक्षा र स्वास्थ्य निशुल्क गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ । अब देशको निका दिने पार्टी राप्रपाको विकल्प नभएको भन्दै उहाँले एकपटक गम्भीर भएर सोचेर मत हाल्न समेत आग्रह गर्नुभयो । ।

तपाईको प्रतिक्रिया