×

चितवन सेरोफेरो

चितवनमा चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप दिइने

चितवनमा चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप दिइने
भरतपुर । चितवनका १ लाख ९६ हजार ११ बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप दिइने भएको छ । यही चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म खोप अभियान संचालन गर्न लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख रामकुमार केसीका अनुसार १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिन लागिएको हो । जिल्लामा विद्यालय जाने १ लाख ५९ हजार २४६ र विद्यालय बाहिर ९चार वर्षभन्दा मुनिका० ३६ हजार ५६६ जना बालबालिकालाई अभियान अन्तर्गत खोप दिईने छ । अभियानमा खोप लगाउन छुटेका २ वर्ष मुनिका बालबालिकालाई...

भरतपुरको मेयरमा दाबी गर्दै कांग्रेस नेताहरुको टोली भोलि डेलिगेसन जाने

भरतपुरको मेयरमा दाबी गर्दै कांग्रेस नेताहरुको टोली  भोलि डेलिगेसन जाने
चितवन ।  चितवनको भरतपुर महानगरपालिकामा दाबी गर्दै कांग्रेसका नेताहरु पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन काठमाडौं जाने भएका छन् । केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ, जिल्लाका सांसद र जिल्ला सभापतिसहितको टोली बुधबार डेलिगेसनका लागि काठमाडौं जान लागेको हो । अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसको समेत समर्थनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहाल विजयी भएकी थिइन् । यसपटक पनि मेयरमा माओवादीले दाबी गरेको छ । हालै गृहजिल्ला चितवन आएका बेला माओवादी केन्द्रका अध्यक्ष प्रच...

बैशाख २ गते चितवनकाे भरतपुरमा राप्रपाको आमसभा

बैशाख २ गते चितवनकाे भरतपुरमा राप्रपाको आमसभा
चितवन – राष्ट्रिय प्रजातन्त्र पार्टीको चितवनमा आमसभा हुने भएको छ । वैशाख २ गते भरतपुरको केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) मा बृहत आमसभा हुने भएको हो । आमसभालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता जानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभाका लागि जिल्ला अध्यक्ष रुद्र ढकालको संयोजकत्वमा ५ सय १ सदस्य समिती निर्माण भएको भरतपुर महानगर सचिव सुलभ सिग्देलले जानकारी दिए । यस्तै सभाको तयारी...

भरतपुरको मेयर कांग्रेसले पाउनुपर्छ, अन्यमा तालमेल हुन्छ : सभापति खनाल

भरतपुरको मेयर कांग्रेसले पाउनुपर्छ, अन्यमा तालमेल हुन्छ : सभापति खनाल
चितवन ।  वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबिच तालमेल गर्ने सहमति भएको छ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले आफ्नो दाबी गर्दै आएका छन् । जिल्लामा चुनावी तालमेल गर्ने विषयमा चितवन कांग्रेसका सभापति राजेश्वर खनालको संयोजनमा सोमबार पहिलो पटक गठबन्धनको बैठक बसेको छ । बैठकमा भएको छलफल र कांग्रेसको अडानको विषयमा खनालसँग गरिएको कुराकानी । भरतपुर महानगरको मेयरको उम्मेदवारमा कांग्रेसको दाबी किन हो ? ...

भरतपुरमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु

भरतपुरमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु
चितवन । भरतपुर महानगरपालिका–७ स्थित हेल्थपोष्ट चोकदेखि प्रेमबस्ति चोकतर्फ जाँदै गरेको बा ६३ प ७४०६ नम्बरको मोटरसाइलकल अनियन्त्रित भई ठेला गाडा र स्कुटरमा ठोक्किन पुग्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।तीव्र गतिको मोटरसाइकलले अनियन्त्रित भएर दूध बोकेको ठेलागाडा र रोकिराखेको बागमती प्रदेश ०३–०४ प ५३२० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर–१५ फुलबारीका २५ वर्षीय एक्सन गौतम रहेका छन् । गौतमको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु...

भरतपुर महानगरको मेयर नछाड्ने कांग्रेसको निर्णय

भरतपुर महानगरको मेयर नछाड्ने कांग्रेसको निर्णय
चितवन । नेपाली कांग्रेस चितवनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पद गठबन्धनका अरु दललाई छाड्न नसकिने बताएको छ ।आइतबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भरतपुरको मेयर पद अरु दललाई छाड्न नसकिने निर्णय गरेको पार्टी सभापति राजेश्वर खनालले जानकारी दिए । हाल भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल मेयर छिन् । आगामी स्थानीय तह निर्वाचनमा पनि भरतपुरको मेयरमा माओवादी केन्द्रले नै दावी गरेको छ ।सत्तारुढ दलहरुले स्थानीय निर्वाच...

युवा नेता भावगत लामिछाने वाईसीएल कालिका नगर कमिटीको सहसचिवमा चयन

युवा नेता भावगत लामिछाने वाईसीएल कालिका नगर कमिटीको सहसचिवमा चयन
चितवन । चितवनको कालिका नगरपालिकामा वाईसीएल नेपाल कालिका नगरकमिटी गठन गरिएको छ । ईश्वर भटराईको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी गठन गरिएको वाईसीएलका नेता भागवत लामिछानेले जानकारी दिनुभयो । कमिटीको उपाध्यक्षमा रमेश तामाङ, दिवश सुनार, सचिवमा नवराज घलान, सहसचिवमा भावगत लामिछाने रामपसाद खनाल, प्रमोद ढकाल, मुना भारती, अम्बिका नगरकोटी सुदिप खनाल सिबराम कुमाल लगायत रहनुभएको छ । नेकपा माओवादी केन्दका नेता राम प्रसाद सापकोटा दिपसिखा को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प...

चितवनमा जारी दोस्रो नेपाल फाईभ पी अन्तराष्ट्रिय प्रर्दशनीको आज अन्तिम दिन

चितवनमा जारी दोस्रो नेपाल फाईभ पी अन्तराष्ट्रिय प्रर्दशनीको आज अन्तिम दिन
चितवन – पेपर तथा प्लाष्टिकका प्याकेजिङ र प्रिन्टिङका नवीनतम प्रविधि भित्राउन चितवनमा जारी दोस्रो नेपाल फाईभ पी अन्तराष्ट्रिय प्रर्दशनीको समापन आज हुँदैछ । प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढी प्रिन्टिङ् तथा प्याकेजिङ् कम्पनीहरुका स्टलहरु रहेका छन् । नेपाल ‘फाईभ पी’ प्रर्दशनीमा यस सम्बन्धी विधाका सम्पुर्ण व्यापारी,व्यवसायीलाई एकै ठाउंमा एकिकृत गरी व्यवसायीक साझेदारी,नविनतम प्रविधि प्रर्दशन तथा ज्ञान साटासाट भएकाे  विश्वास छ । प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ्ग मेशि...

भरतपुरका यि क्षेत्रमा आज दिनभर लाइन काटिने

भरतपुरका यि क्षेत्रमा आज दिनभर लाइन काटिने
चितवन – भरतपुर महानगरपालिकाका बिभिन्न क्षेत्रमा आज  विद्युत सेवा अवरुद्ध हुने भएको छ ।नेपाल विद्युत प्राधिकरण चौनौती वितरण केन्द्रको गीतानगर फिडरबाट वितरित हुने क्षेत्रमा आज बिहान ११ बजेदेखि साँझ ६ बजे देखि सेवा अवरुद्ध हुने भएको हो । जिम्बाल चोक, कञ्चनबस्ती, हात्तीचोक र सुन्दरचोकमा पोल गाड्ने र व्यवस्थित गर्नु पर्ने भएकोले विद्युत अवरुद्ध हुने केन्द्रले जनाएको छ ।काम चाँडै सकिएको खण्डमा निर्धारित समय अगावै लाइन सुचारु हुने समेत केन्द्रले जानकारी दिएको छ ।