चितवन – भरतपुर महानगरपालिकाका बिभिन्न क्षेत्रमा आज  विद्युत सेवा अवरुद्ध हुने भएको छ ।नेपाल विद्युत प्राधिकरण चौनौती वितरण केन्द्रको गीतानगर फिडरबाट वितरित हुने क्षेत्रमा आज बिहान ११ बजेदेखि साँझ ६ बजे देखि सेवा अवरुद्ध हुने भएको हो ।

जिम्बाल चोक, कञ्चनबस्ती, हात्तीचोक र सुन्दरचोकमा पोल गाड्ने र व्यवस्थित गर्नु पर्ने भएकोले विद्युत अवरुद्ध हुने केन्द्रले जनाएको छ ।काम चाँडै सकिएको खण्डमा निर्धारित समय अगावै लाइन सुचारु हुने समेत केन्द्रले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया