चितवन । चितवनको कालिका नगरपालिकामा वाईसीएल नेपाल कालिका नगरकमिटी गठन गरिएको छ । ईश्वर भटराईको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी गठन गरिएको वाईसीएलका नेता भागवत लामिछानेले जानकारी दिनुभयो ।

कमिटीको उपाध्यक्षमा रमेश तामाङ, दिवश सुनार, सचिवमा नवराज घलान, सहसचिवमा भावगत लामिछाने रामपसाद खनाल, प्रमोद ढकाल, मुना भारती, अम्बिका नगरकोटी सुदिप खनाल सिबराम कुमाल लगायत रहनुभएको छ ।

नेकपा माओवादी केन्दका नेता राम प्रसाद सापकोटा दिपसिखा को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेस सदस्य रामधोज डल्लाकोटी, प्रदेस सदस्य दिबस पान्डे, चितवन जिल्ला इन्चार्ज साजन अधिकारी लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया