
चितवन – राष्ट्रिय प्रजातन्त्र पार्टीको चितवनमा आमसभा हुने भएको छ । वैशाख २ गते भरतपुरको केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) मा बृहत आमसभा हुने भएको हो ।
आमसभालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता जानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आमसभाका लागि जिल्ला अध्यक्ष रुद्र ढकालको संयोजकत्वमा ५ सय १ सदस्य समिती निर्माण भएको भरतपुर महानगर सचिव सुलभ सिग्देलले जानकारी दिए । यस्तै सभाको तयारीका लागि विभिन्न १६ वटा उप—समिती समेत गठन भएको उनले बताए ।