
भरतपुर । चितवनका १ लाख ९६ हजार ११ बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप दिइने भएको छ । यही चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म खोप अभियान संचालन गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख रामकुमार केसीका अनुसार १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिन लागिएको हो । जिल्लामा विद्यालय जाने १ लाख ५९ हजार २४६ र विद्यालय बाहिर ९चार वर्षभन्दा मुनिका० ३६ हजार ५६६ जना बालबालिकालाई अभियान अन्तर्गत खोप दिईने छ । अभियानमा खोप लगाउन छुटेका २ वर्ष मुनिका बालबालिकालाई भने खोप लगाउने व्यवस्था तरहेको छ । तर २ वर्षमाथिका बालबालिका अभियानमा खोप लगाउन छुटेमा पुनः खोप लगाउने नपाईने केसीले जानकारी दिनुभयो ।
कार्यालयका तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ८० हजार ४०९ जना विद्यालय जाने र १४ हजार २८७ विद्यालय बाहिरका गरी ९४ हजार ६९६ जना बालबालिका रहेका छन् । यस्तै रत्ननगरमा २१ हजार १०७ विद्यालय जाने, ६ हजार ६०० विद्यालय बाहिरका, खैरहनीमा १४ हजार ६२५ विद्यालय जाने, ४ हजार २०० विद्यालय बाहिरका, राप्तीमा १५ हजार १६३ विद्यालय जाने र ३ हजार ८८५ विद्यालय बाहिरका बालबालिका रहेका छन् ।
यसैगरी कालिकामा ११ हजार ७५४ विद्यालय जाने, २ हजार ६२३ विद्यालय बाहिरका, माडीमा ९ हजार १५१ विद्यालय जाने र २ हजार ९१५ विद्यालय बाहिरका, इच्छाकामना गाउँपालिकामा ७ हजार ३७ विद्यालय जाने र २ हजार ५६ विद्यालय बाहिरका बालबालिका रहेका छन् ।
खोप अभियान अन्तर्गत जिल्लाका ९८ वडामा ५४० खोप केन्द्र र ती खोप केन्द्रभित्र ९४४ खोप सेसन संचालन गरिने कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार एउटा खोप केन्द्रमा आवश्यकता अनुसार एक वा एकभन्दा बढी खोप सेसन रहने छन् । समथर भूभागमा २०० जना विद्यार्थी रहेको विद्यालयलाई खोप केन्द्र तोकिएको छ भने पहाडी भूभागमा भौतिक दूरीलाई मध्यनजर गर्दै खोप केन्द्र तोकिएको छ ।
विद्यालय बाहिर रहेका बालबालिकाले नजिकको विद्यालयमा गएर खोप लगाउन सक्ने व्यवस्था गरिएको ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्थामा खोप सेवा उपलब्ध हुने गरी व्यवस्था गरिएको छ । खोप अभियान अन्तर्गत ९४४ जना स्वास्थ्यकर्मी र १ हजार ३९४ स्वयंसेवक परिचालन गरिने छ ।
गम्भीर बिरामी भएका र कोभिड विरुद्धको खोप लगाएको १५ दिनभित्र भने यो खोप लगाईने छैन । अन्य सबै बालबालिकालाई यो खोप लगाउन मिल्ने भरतपुर महानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो । सुवेदीले जिल्लाका ९५ प्रतिशत बालबालिकालाई यो खोप लगाउने लक्ष्य राखिएको बताउनुभयो ।यसैबीच स्वास्थ्य कार्यालय चितवनले आज अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी टाइफाइड रोग विरुद्धको खोप अभियानका बारेमा जानकारी दिएको छ ।