
चितवन । लक्की मिडिया हाउस चितवनले नयाँ वर्ष २०७९ को भित्तेपात्रो प्रकाशनमा ल्याएको छ । सो भित्तेपात्रोको नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइराला, नेपाल चलचित्र कलाकार संघका महासचिवमा चेतबहादुर सिंह तथा लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्कीले संयुक्त रुपमा एक कार्यक्रमकाबीच काठमाडौंमा विमोचन गर्नुभएको हो ।
विमोचनपछि बोल्दै डा कोइरालाले देशको सबै क्षेत्रमा मिडियाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । यो भित्तेपात्रो बर्षको दर्पणको रुपमा रहेर अब शुभारम्भको दिनको पात्रो हुने अपेक्षा गर्नुभयो ।
सो अवसरमा बोल्दै बिशिष्ट अतिथि नेपाल चलचित्र कलाकार संघका महासचिवमा चेतबहादुर सिंह राजा ले लक्की मिडिया हाउसले मोफसलमा रहेर नागरिकलाई सुसुचित गर्दै निरन्तर भित्तेपात्रो प्रकाशन गर्दै आएकोमा प्रशंसा गर्नुभयो । आगामी दिनमा पनि मिडिया हाउसले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले मिडिया हाउसले नागरिकको सुसुचित हुने अधिकारलाई शिरोपर गर्दै कर्तव्यपथबाट विचलित नभएको उहाँले बताउनुभयो । मिडिया हाउसको स्थापनादेखिनै भित्तेपात्रो प्रकाशन गर्दै आएको भन्दै कार्कीले यसलाई निरन्तरता दिन सहयोग पुर्याउने सबै प्रति आभार प्रकट गर्नुभयो ।