चितवन – चितवनको खैरहनी नगरपालिका १२ का एक पुरुषलाई बाघले आक्रमण गरेको छ ।आज बिहान  खैरहनी १२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा स्थानीय ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो ।

घाँस काट्न धमलालाई बाघले आक्रमण गरि लगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।उनको नेपाली सेनाको जनकपुर पोष्ट कुमरोज र ईलाका प्रहरी कार्यालय खैरहनीको टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया