
चितवन । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साडुभाई, माओवादीका नेता खेम भट्ट र माया भट्ट एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले भट्ट दम्पत्तीलाई पार्टीमा स्वागत गर्नुभएको हो ।
आज नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा भट्टराईलाई पार्टीमा स्वागत गरिएको हो । भरतपुरको पटिहानीका भट्ट २०३५ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आउनु भएको छ । उहाँ माओवादी केन्द्र चितवनका जिल्ला सदस्य, बागमती प्रदेश प्रतिनिधि र भरतपुर महानगरपालिका वडा नम्वर ३ का इन्चार्ज हुनुहुथ्यो। उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढुभाई हुन् ।