×

चितवन सेरोफेरो

रोटरीको प्राथमिकतामा ‘वातावरण दिवस’

रोटरीको प्राथमिकतामा ‘वातावरण दिवस’
चितवन–पछिल्लो समय वातावरण दिवसलाई निकै प्राथमिकताका साथ मनाउन थालिएको छ । विश्वसम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज समेत रहेकाले वातावरण स्वच्छ राख्न चितवनमा विभिन्न कार्यक्रमहरु हुन थालेका छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरीले चितवनमा अभियानकै रुपमा वातावरण दिवस मनाउँदै आइरहेको छ । यसपटक रोटरी क्लब अफ रत्ननगरले विशेष प्राथमिकता दिँदै लगातार तीन दिन विभिन्न कार्यक्रम गर्दै वातावरण दिवस मनाउन सफल भयो । ‘वातावरण हामी सबैको सामूहिक सम्पत्ति हो, यसको संर...

चितवनमा भेटियो नयाँ चरा

चितवनमा भेटियो नयाँ चरा
चितवन । चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ ।नेपाल पक्षीविद् संघ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । ६ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिएका थिए । नयाँ चरा भेटिएपछि चराविज्ञ डा। हेमसागर बरालसहितको विज्ञ समूह मंगलबार चितवन आएर थप अध्ययन गरेको थियो । बिडारीका अनुसार मंगलबार पनि चरा भेटिएको थियो । विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएक...

ट्याङ्करकाे ठक्करबाट चितवनकाे कुरिनटारमा माेटरसाइकल चालककाे मृत्यु

ट्याङ्करकाे ठक्करबाट चितवनकाे कुरिनटारमा माेटरसाइकल चालककाे मृत्यु
चितवन। चितवनको इच्छाकामनामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ कुरिनटार नजिकै लेवटारमा बा ७५ प ६११६ नम्बरको मोटरसाइकल र ना ७ ख १३७१ नम्बरको तेल ट्याङ्कर एकाआपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा गाेरखाकाे शहिदलखन गाउपालिका वडा नं‌ ४ का बर्ष २३ का सन्तोष चेपाङ रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली सुरु

भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली सुरु
चितवन । भरतपुर महानगरपालिकामा मंगलबारदेखि घरमै बसेर कर तिर्न सकिने अनलाईन भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ ।आफ्ना करदाताहरुले घरमै बसेर सहजतापूर्वक कर तिर्न सकुन भन्ने उद्देश्यसहित महानगरपालिकाले अनलाइन भुक्तानी प्रणाली सुरुवात गरेको हो । भरतपुर महानगरपालिकामा तिर्ने राजस्व, कर, दस्तुरलयातका सम्पूर्ण शुल्क अनलाईन प्रणालीबाट सजिलै सकिने भएको छ ।सेवाको आज (मंगलबार) एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन ...

चितवनमा बाघको आक्रमणबाट एक महिलाकाे मृत्यु

चितवनमा बाघको आक्रमणबाट एक महिलाकाे मृत्यु
चितवन । चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ ।भरतपुर महानगरपालिका–२३ घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएकी ५० वर्षीय महिलाको आज दिउँसो बाघको आक्रमणबाट ज्यान गएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार मंगली बोटेसहित चार जना निउरो टिप्न जादा बोटेको ज्यान गएको जानकारी दिए ।

आगामी दिनमा साझा भएर काम गर्ने प्रण गर्छु – रेनु दाहाल

आगामी दिनमा साझा भएर काम गर्ने प्रण गर्छु – रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचा तानीबन्दगर्न भरतपुर बासीलाई आह्वान गर्नु भएको छ ।भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा सोमबारआयोजना भएको वृक्षारोपण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दैउहाँले सो कुरा बताउनु भएको हो । महानगर प्रमुख दाहालले भरतपुरबासीलाई राजनैतिक खिचातानी रोकेर रचनात्मक सहयोगमा लाग्न आह्वान गर्नु भयो ।भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुँदा सबै पार्टीको मत पाएकाले यो वात्यो पार्टी भन्ने नै छैन, म साझा...

बाँदरमुढे बम बिष्फाेटको आज १७ बर्ष : अझै न्याय नपाएकाे पीडितकाे गुनासाे

बाँदरमुढे बम बिष्फाेटको आज  १७ बर्ष : अझै न्याय नपाएकाे पीडितकाे गुनासाे
अजित अधिकारी चितवन । कहालीलाग्दो बाँदरमुढे घटना भएको १६ बर्ष पुगेर आज १७ बर्षमा प्रवेश गरेको छ ।तत्कालीन माओवादी पार्टीले राखेको बिद्युतिय धरापमा परेर ७५ जना घाइते भएका थिए । भने ३९ जनाको घट्नास्थलमा नै मृत्यु भएको थियो ।बगही बसपार्कबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुबाहक बस कल्याणपुर बाँदरमुढे खोलामा माओवादीले राखेको बिद्युतिय धरापमा परेको थियो ।पीडितका अनुसार, आँफुहरुले अझैपनि राहत नपाएको र दोषीलाई कारबाही नगरेकोमा दुखेसो पोखेका छन् । यसैगरी बाँदरमुढे घट्ना पीडित समितिक...

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु गएको छ ।चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरुको मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ । बाघको आक्रमणबाट १३ जनाको मृत...

आइतबारदेखि मुग्लिन-पोखरा सडक दैनिक पाँच घण्टा बाटो बन्द हुने

आइतबारदेखि मुग्लिन-पोखरा सडक दैनिक पाँच घण्टा बाटो बन्द हुने
नवलपुर । दैनिक पाँच घण्टा बाटो बन्द गरेर पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ।तनहुँस्थित याम्पाफाँट-घाँसीकुवा सडक खण्डबाट काम सुरू गर्न लागिएको छ।मुग्लिङ-पोखरा सडक योजना तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार जेठ २२ गतेदेखि सडकखण्ड विस्तार गर्न लागिएको छ। आइतबारदेखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा मुग्लिङ-पोखरा सडकखण्डमा सवारी साधन रोकेर सडक विस्तार काम सुरू हुने उनले बताए।अर्को सूचना जारी नहुन्जेल राति ११ बजेद...