×

चितवन सेरोफेरो

भरतपुर महानगर प्रमुख दाहाल र इजरायली राजदुत हाननगोदारबिच भेटवार्ता

भरतपुर महानगर प्रमुख  दाहाल र इजरायली राजदुत हाननगोदारबिच भेटवार्ता
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इजरायली राजदुत हाननगोदारबिच भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकामा भएको भेटवार्तामा उनीहरु बिच दुई देशबीचको पारस्परिक सहकार्यमा केन्द्रित भएर छलफल भएको हो । भेटका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकोले इजरायली कृषि प्रविधि बढी भन्दा बढी प्रयोग गर्न चाहेको बताईन् । प्रमुख दाहालले कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरलाई रिसर्च सेन्टरको रुपमा विकास गर्न दुई देशबीच सहकार्...

उद्योग वाणिज्य संघ चितवनद्धारा व्यवसायीलाई राहत हस्तान्तरण

उद्योग वाणिज्य संघ चितवनद्धारा व्यवसायीलाई राहत हस्तान्तरण
चितवन । उद्योग वाणिजय संघ–चितवनले आज संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि राहत वितरण गरेकोे छ । गत बैशाख १५ गते भरतपुर महानगरपालिका वडा नं ३ कमलनगरमा भएको आगजनीका कारण क्षति भएका संघका सदस्य न्यू लामिछाने फेन्सी र एक्सप्रेस मोवाईल शप लाई जनही रु ५०,००० का दरले राहत रकम प्रदान गरेको हो । राहत वितरण कार्यक्रममा वोल्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले आगजनीका कारण व्यवसायीको करोडौंको क्षति भएको भएता पनि संघले आफ्ना सदस्यप्रति संघको दायित्व सम्झि राहत प्रदान गरेको बताउनु...

चितवन मेडिकल कलेजद्धारा ४१ दिनकी बालिकाको मुटुको सफल शल्यक्रिया

चितवन मेडिकल कलेजद्धारा ४१ दिनकी बालिकाको मुटुको सफल शल्यक्रिया
चितवन । चितवन मेडिकल कलेजमा ४१ दिनकी बालिकाको मुटुको शल्यक्रिया भएको छ । चैत २५ गते आमाको गर्भमा बसेको ७ महिनामै भरतपुरको नारायणी सामुदायीक अस्पतालमा उनको जन्म भएको थियो । जन्मिएलगत्तै उनको स्वास्थ्य खराब हुन थालेपछि परिवारले उनलाई भरतपुर अस्पतालको एनआइसियुमा लगेर राख्यो । त्यसपछि स्वास्थ्य जाँच गर्दा उनको मुटुमा खराबी देखियो । मुटुको तत्काल शल्यक्रिया गर्नुपर्ने भयो । नवजात शिशुको शल्यक्रिया गर्नुपर्ने जानकारीले कमजोर आर्थिक अवस्था भएका बुवा अनिल पुरीलाई चिन्तित बनायो । उ...

भरतपुर-११ को नवजागृती वनमा जनावरको आक्रमणबाट एक पुरुषको मृत्यु

भरतपुर-११ को नवजागृती वनमा जनावरको आक्रमणबाट एक पुरुषको मृत्यु
चितवन । चितवनको भरतपुर महानगरपालिका ११ स्थित नवजागृती सामुदायीक वनमा निउरो र च्याउ खोज्न गएका एक पुरुषलाई जङगली जनावरले आक्रमण गरेको छ । जनावरको आक्रमणबाट भरतपुर ११ जखडिमाई स्थित कैलाशटोल बस्ने ५१ बर्षिय चाथर कुमालको मृत्यु भएको हो । विहान ११ः३० बजे घरबाट निस्किएका उनलाई अपरान्ह ५ः३० बजे स्थानियले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई जङगली जनावरले आक्रमण गरेको भएपनि कुन जनावरले आक्रमण ग¥यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा र...

चितवनमा श्रीमानले यौनाङ्गमा लौरो घुसाएर घाइते भएकी महिलाको चारदिन पछि मृत्यु

चितवनमा श्रीमानले यौनाङ्गमा लौरो घुसाएर घाइते भएकी महिलाको चारदिन पछि मृत्यु
चितवन–चितवनमा श्रीमान्को क्रुर यातनाबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।खैरहनी–१० की गीता माझीको भरतपुर अस्पतालमा उपचारको क्रममा सोमबार राति ११ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनको शव भरतपुर अस्पताल शवगृहमा राखिएको छ । यही जेठ १२ गते साँझ ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले कोठामा बन्धक बनाई मलद्वारबाट लौरो घुसाएर सख्त घाइते बनाएका थिए ।चिकित्सकका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको थियो । उनमा दिसा...

चितवन निकुञ्जमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

चितवन निकुञ्जमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।चितवनको राप्ती नगरपालिका–१ मा पर्ने निकुञ्जभित्र घाँस काट्न जाने क्रममा आज दिउँसो बाघले आक्रमण गर्दा राप्ती–१ की सोतीमाया तामाङको मृत्यु भएको हो । बाघको आक्रमणबाट ती महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी आएपछि अस्थायी प्रहरी पोष्ट लोथर र इलाका प्रहरी कार्यालय भण्डाराबाट टोली पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।घटनास्थलमा पुगेर प्रहरी टोलीले शव जाँचको मुचुल्का तयार गर्ने लगायतका अन...

नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रो र कारमाथि पहिरो खस्याे

नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रो र कारमाथि पहिरो खस्याे
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेकको माइक्रो बस र कार माथि सुख्खा पहिरो खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलामा मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग १ ख ९९०९ नम्वरको यात्रुवाहक माइक्रो र प्रदेश ३-०१-०२३ च ०५३५ नम्वरको कार अचानक खसेको पहिरोमा पुरिएका हुन् । यात्रु सवार गाडीमा पहिरो खसेपनि कुनै मानवीय क्षति भएको छैन । केही यात्रु सामान्य घाईते भएको र उपचारका लागि भरतपुर ल्याइएको प्रहरीले जनाएको छ। पहिरोले दुवै गाडीमा क्षति पुगेको छ । आज विहान मात्रै ३ नम्व...

जनप्रतिनिधिहरु जनताको सेवक बन्नुपर्छः विक्रम पाण्डे

जनप्रतिनिधिहरु जनताको सेवक बन्नुपर्छः विक्रम पाण्डे
भरतपुर । राप्रपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले जनप्रतिनिधिहरुलाई जनताको मन जित्ने काम गर्न आग्रह गर्नुभएको छ । राप्रपा चितवनले राप्रपाबाट चितवनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सच्चा दिलले जनताको सेवक बन्न सुझाउनुभएको छ । “विश्राम गर्ने बेला सकिएको छ, अब जनताको सेवक बनेर काम गर्नुस्, छिमेकी वडामा समेत सेवा गर्न नछोड्नुस्”, उहाँले भन्नुभयो, “जनतालाई सरकारी सुविधा लिन कहि कतै अप्ठ्यारो भए स...

सवारी दुर्घटनामा परी भरतपुर महानगरका मेयर रेनु दाहाल घाइते

सवारी दुर्घटनामा परी भरतपुर महानगरका मेयर रेनु दाहाल घाइते
चितवन । दुर्घटनामा घाइते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ ।गाडी गुल्...