×

चितवन सेरोफेरो

चितवनमा श्रीमानद्धारा श्रीमतीमाथि निर्घात कुटपिट, गुप्ताङ्गमा हात हालेर पाठेघर निकालिदिए

चितवनमा श्रीमानद्धारा श्रीमतीमाथि निर्घात कुटपिट, गुप्ताङ्गमा हात हालेर पाठेघर निकालिदिए
चितवन – चितवनको खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कोठामा बन्दक बनाई कुटपिट गरी पाठेघर निकालीदिएका छन् ।खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार राति आफ्नी श्रीमतीको पाठेघर निकालिदिएका हुन् । श्रीमतीलाई कोठाभित्र थुनेर बन्दक बनाइ कुटपिट गरि गुप्ताङ्गमा हात हालेर पाठेघर निकालिदिएको प्रहरीले बताएको छ। कुटपिटबाट घाइते श्रीमतीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ। आरोपित रामचन्द्रलाई पक्राउ गरी अनुसन्धान गर्ने काम भइरहेको ईलाका प्रहरी कार्यालय खैरहनी...

रेनु दाहालको पहिलो निर्णयः छोरीहरुको जीवन बिमा, ७ हजार लिटरसम्म खानेपानी निःशुल्क

रेनु दाहालको पहिलो निर्णयः छोरीहरुको जीवन बिमा, ७ हजार लिटरसम्म खानेपानी निःशुल्क
चितवन–भरतपुर महानगरपालिकाले महानगरभित्र जन्मिने छोरीहरुको लागि जीवन बिमा गर्ने निर्णय गरेको छ ।नवनिर्वाचित महानगर प्रमुख रेनु दाहालले आज विहान पदभार ग्रहण गर्दै महानगरका सरकारी स्वास्थ्य संस्थामा जन्मिने छोरीका लागि एक लाख रुपैयाँको जीवन बिमा गर्ने निर्णय गरेकी हुन् । यस निर्णय आजकै मितिदेखि लागू हुने दाहालले जानकारी दिइन् । १५ वर्ष पश्चात छोरीहरुले एक लाख रुपैयाँ पाउने छन् । महानगरले बीमाको वार्षिक प्रिमियम तीन हजार ३ सयको दरले १५ वर्षमा ५० हजार रुपैयाँ व्यहोर्नेछ । ‘आज ह...

पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित

पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित
काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् ।गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्य ५८८९३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत पाए । मेयरमा तेस्रो भएका राप्रपाका शंकर खरालले ५६७४ मत पाएका छन् भने चौथो भएका स्वतन्त्र उम्मेदवार खड्गराज पौडेल ९गनेस०ले ३०३० मत पाएका छन् ।उपमेयरमा भने एमालेको मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै मञ्जु विजयी भएकी हुन्...

भरतपुर महानगरको मेयरमा माओवादीकी रेनु दाहाल विजयी

भरतपुर महानगरको मेयरमा माओवादीकी रेनु दाहाल विजयी
चितवन ।  चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादीकी नेता रेनु दाहाल विजयी भएकी छन्।नेकपा एमाले-राप्रपा गठबन्धनका उम्मेदवार एमालेका नेता विजय सुवेदीलाई १२ हजार चार सय ४९ मतले हराउँदै रेनु मेयर भएकी हुन्। रेनुले ५२०३० मत ल्याउँदा सुवेदीले ३९५८१ मत ल्याए। रेनु ०७४ को चुनावमा पनि भरतपुरको मेयर निर्वाचित भएकी थिइन्।स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४७२८ मत ल्याएका छन्। उपमेयरमा सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार नेपाली कांग...

भरतपुरको मेयरमा दाहाल र उपमेयरमा अधिकारी विजयी, गन्न बाँकी मत भन्दा बढी अग्रता

भरतपुरको मेयरमा दाहाल र उपमेयरमा अधिकारी विजयी, गन्न बाँकी मत भन्दा बढी अग्रता
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएकी छन् ।तीन वडाको मत गणना गर्न बाँकी नै भए पनि उनीहरुको अग्रता गन्न बाँकी मत भन्दा बढी भएकोले विजय सुनिश्चित भएको हो । निर्वाचन आयोगले औपचारिक घोषणा भने मतदान सकिएपछि मात्र गर्नेछ । भरतपुर महानगरपालिकामा अब तीन वटा वडा २७, २८ र २९ को मत गणना गर्न बाँकी रहेको छ । वडा २७, २८ र २९ मा खसेको मत १० हजार ३२४ मत गणना गर्न बाँकी छ ।भरतपुरका २४ ...

भरतपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

भरतपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु
चितवन । चितवनको भरतपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० बालमन्दिर नजिकै शिखर ईन्स्योरेन्सको शाखा कार्यालयमा कार्यरत कर्मचारी शकुन्तला पौडेल सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयको बाहिरपट्टी रहेको फ्लेक्सबोर्ड झिक्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएकी उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।करेन्ट लागेर शिखर ईन्सोरेन्समै कार्यरत बर्ष ३२ का तरुण थापा घाईते भएका छन् । उनको चितव...

अघिल्लोपटक मतपत्र च्यातिएको भरतपुर–१९ मा एमालेका तामाङ विजयी

अघिल्लोपटक मतपत्र च्यातिएको भरतपुर–१९ मा एमालेका तामाङ विजयी
चितवन । २०७४ को स्थानीय चुनावमा धाँधली भएको भरतपुर–१९ को वडाध्यक्षमा नेकपा एमालेका प्रकाश तामाङ विजयी भएका छन् ।मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल निरन्तर अगाडि बढिरहँदा यो वडामा गठबन्धनका वडाध्यक्षका उम्मेदवार भने हारेका हुन् । कांग्रेसका द्रोणबहादुर गुरुङलाई हराउँदै नेकपा एमालेको तामाङ विजयी भएका हुन् । जबकि यो वडालाई कांग्रेसको पकड क्षेत्र मानिन्छ । यो वडामा अहिले तीन हजार ४८८ मत खसेको थियो । अघिल्लो स्थानीय चुनावमा यो वडाको मतगणना गर्दैगर्दा मतपत्र च्यातिएप...

भरतपुरमा रेनु ७ हजार र चित्रसेन १५ हजारभन्दा बढी मतले अगाडि

भरतपुरमा रेनु ७ हजार र चित्रसेन १५ हजारभन्दा बढी मतले अगाडि
चितवन । चितवनको भरतपुर महानगरपालिकामा ८९ हजार ७७५ मत गणना हुँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ७ हजार भन्दा बढी मतको अग्रता लिएकी छन् । बिहानको मत परिणाम अनुसार रेनुले ३५ हजार २३० र एमाले उम्मेदवार विजय सुवेदीले २७ हजार ७६५ मत पाएका छन् ।उनीहरुबीचको मत अन्तर ७ हजार ४६५ छ । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ८५२ मत पाएका छन् ।मतगणनाको सुरुवाती चरणमा रेनु र विजयबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिए पनि अहिले रेनुको अग्रता फराकिलो भइसकेको छ ।भरत...

कालिकामा नवनिर्वाचित जनप्रतिनिधिको सपथ, स्वागत तथा बिदाई कार्यक्रम

कालिकामा नवनिर्वाचित जनप्रतिनिधिको सपथ, स्वागत तथा बिदाई कार्यक्रम
चितवन । कालिका नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण तथा स्वागत एवं निवर्तमान जनप्रतिनिधिहरुको बिदाई कार्यक्रम आज सम्पन्न भएको छ । कालिका नगरपालिकाको आयोजनामा खोलेसिमलमा भएको सो कार्यक्रम कालिका नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत निशान राज गौतमको अध्यक्षतामा भएको थियो । कार्यक्रममा कालिका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिनोद रेग्मीले नवनिर्वाचित उप प्रमुख बिमला तामाङ सहित ११ वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । त्यस्तै ग...