चितवन ।  चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादीकी नेता रेनु दाहाल विजयी भएकी छन्।नेकपा एमाले-राप्रपा गठबन्धनका उम्मेदवार एमालेका नेता विजय सुवेदीलाई १२ हजार चार सय ४९ मतले हराउँदै रेनु मेयर भएकी हुन्।

रेनुले ५२०३० मत ल्याउँदा सुवेदीले ३९५८१ मत ल्याए। रेनु ०७४ को चुनावमा पनि भरतपुरको मेयर निर्वाचित भएकी थिइन्।स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४७२८ मत ल्याएका छन्।

उपमेयरमा सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२८०३ मतसहित विजयी भए भने एमाले(राप्रपाबाट उपमेयर उम्मेदवार राप्रपाकी नेता हिमला गुरुङले ३०६१२ मत ल्याएकी छन्।

 

तपाईको प्रतिक्रिया