चितवन । २०७४ को स्थानीय चुनावमा धाँधली भएको भरतपुर–१९ को वडाध्यक्षमा नेकपा एमालेका प्रकाश तामाङ विजयी भएका छन् ।मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल निरन्तर अगाडि बढिरहँदा यो वडामा गठबन्धनका वडाध्यक्षका उम्मेदवार भने हारेका हुन् ।

कांग्रेसका द्रोणबहादुर गुरुङलाई हराउँदै नेकपा एमालेको तामाङ विजयी भएका हुन् । जबकि यो वडालाई कांग्रेसको पकड क्षेत्र मानिन्छ । यो वडामा अहिले तीन हजार ४८८ मत खसेको थियो ।

अघिल्लो स्थानीय चुनावमा यो वडाको मतगणना गर्दैगर्दा मतपत्र च्यातिएपछि पुनः चुनाव गरेर मतपरिणाम आउँदा नेपाली कांग्रेसका कर्णबहादुर गुरुङ एक हजार ४७८ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला एमालेकै प्रकाश तामाङले एक हजार ९७ मत ल्याएर हारेका थिए ।

भरतपुर महानगरको वडा नम्बर १९ को मतगणनाका क्रममा जेठ १४ गते मध्यरातमा माओवादीका गणक प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेका थिए ।

तपाईको प्रतिक्रिया