चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेकको माइक्रो बस र कार माथि सुख्खा पहिरो खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलामा मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग १ ख ९९०९ नम्वरको यात्रुवाहक माइक्रो र प्रदेश ३-०१-०२३ च ०५३५ नम्वरको कार अचानक खसेको पहिरोमा पुरिएका हुन् ।

यात्रु सवार गाडीमा पहिरो खसेपनि कुनै मानवीय क्षति भएको छैन । केही यात्रु सामान्य घाईते भएको र उपचारका लागि भरतपुर ल्याइएको प्रहरीले जनाएको छ। पहिरोले दुवै गाडीमा क्षति पुगेको छ । आज विहान मात्रै ३ नम्वर पुलमा दुईवटा ट्रक एक आपसमा ठक्कर खाँदा केहीबेर सडक अबरुद्ध भएको थियो । अहिले पहिरो हटाएर गाडी निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया