चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचा तानीबन्दगर्न भरतपुर बासीलाई आह्वान गर्नु भएको छ ।भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा सोमबारआयोजना भएको वृक्षारोपण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दैउहाँले सो कुरा बताउनु भएको हो ।
महानगर प्रमुख दाहालले भरतपुरबासीलाई राजनैतिक खिचातानी रोकेर रचनात्मक सहयोगमा लाग्न आह्वान गर्नु भयो ।भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुँदा सबै पार्टीको मत पाएकाले यो वात्यो पार्टी भन्ने नै छैन, म साझा भएर विगतमा पनि काम गरेको र आगामी दिनमा पनि साझा भएर काम गर्ने प्रण गर्छु– मेयर दाहालले भन्नुभयो ।

जनप्रतिनिधिभई कार्यभार सम्हालेपछि साझाभएर कामगर्नुको विकल्प नरहेको भन्दै उहाँले सबै नगरबासीहरु सहकार्य, एकताको भवानाबाट आगाडि बढ्नु पर्ने विचार व्यक्तगर्नुभयो ।विगतमा जसरी काम गरेर हुँदैन, त्यो भन्दामाथि उठेर कामगर्ने संकल्प मैले गरेको छु–मेयर दाहालले भन्नुभयो ।

दोस्रो कार्यकालको लागि जनताको मन जित्ने कुरा, विश्वास जित्ने कुरा,मत लिने कुरा चुनौतीपूर्ण रहेको मेयर दाहालको भनाई छ ।भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न वृक्षारोपण सहितको सडक बनाउने गरी वडागत तहमा कार्यक्रम लागु हुने जानकारी दिनुभयो । सबै वडाको सन्दरता, सरसफाईलाई विषेश प्रथामिकताका साथ कार्यक्रम पनि अगाडि बढाईने उहाँको भनाई थियो ।

तपाईको प्रतिक्रिया