×

चितवन। चितवनको इच्छाकामनामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ कुरिनटार नजिकै लेवटारमा बा ७५ प ६११६ नम्बरको मोटरसाइकल र ना ७ ख १३७१ नम्बरको तेल ट्याङ्कर एकाआपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा गाेरखाकाे शहिदलखन गाउपालिका वडा नं‌ ४ का बर्ष २३ का सन्तोष चेपाङ रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया