×

चितवन सेरोफेरो

नेपाल- भारत मैत्री बसको ठक्करबाट चितवनमा सोहि बसका सहचालकको मृत्यु

नेपाल- भारत मैत्री बसको ठक्करबाट चितवनमा सोहि बसका सहचालकको मृत्यु
चितवन । नेपाल भारत मैत्री बसले चितवनमा सोहि बसका सहचालकलाई ठक्करदिदा घटनास्थलमै मृत्यु भएको छ । काठमान्डौबाट भारतको सिलगढी तर्फ जान आउदै गरेको बा ५ ख ७८४३ नम्बरको बसको ठक्करबाट सोहि बसका सहचालक सुनसरी घर भएका २३ वर्षका जनक दाहालको ज्यान गएको हो । चितवनको मौवाखोला स्थित राजमार्गमा बसको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

आज निर्जला एकादशी, तुलसीको बीउ राख्ने दिन

आज निर्जला एकादशी, तुलसीको बीउ राख्ने दिन
चितवन । ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। सनातन धर्मावलम्बीले शुक्रबार तुलसीको दल (बीउ) राख्दैछन्। निर्जला एकादशीमा जलरहित (पानीसमेत नखाई) उपवास बस्ने विधान वैष्णव ग्रन्थहरूमा उल्लेख छ। ती ग्रन्थमा यो दिन गरिने स्नान, उपवास र दानको महिमा उल्लेख छ। निर्जला एकादशीका दिन राखेको दलको बिरुवा एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन आँगनमा रहेको मठमा रोपिन्छ। यसरी रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ।यो मात्र नभई वर्षभर पर...

माडीमा निर्माणाधीन पुल : कतै सुचारु कतै अधुरै !

माडीमा निर्माणाधीन पुल : कतै सुचारु कतै अधुरै !
अजित अधिकारी चितवन । माडीमा निर्माणाधीन पुलको काम कतै सुचारू भएको छ भने  कतै अधुरै देखिएको छ ।यसैगरी संघीय सरकारको बजेटमा निर्माणाधीन अबस्थामा रहेका निर्माणाधीन खोलाका पुलहरु चितवन राष्ट्रिय निकुञ्जको अबरोध र निर्माण सामाग्रीको मुल्य वृद्धिका कारण पुलको कामले गति लिन नसकेपछि निर्माण कार्यलाई स्थगित गरिएको निर्माण ब्यबसायीहरुको भनाइ छ । फलस्वरूप केही दिनदेखि निकुञ्ज प्रशासनलाई दोषारोपण गर्दै र पछिल्लो समय बढ्दै गइरहेको पेट्रोलियम पदार्थ र खाना पकाउने इन्धनदेखि लिएर भवन निर...

चितवनको नाग्दी खोलामा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने

चितवनको नाग्दी खोलामा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने
चितवन। चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । पृथ्वी राजमार्गको मुग्लिननजिक बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ । सडक डिभिजन कार्यालय भरतपुरका लोडर अपरेटर अमर गुरुङले पहिरो पन्छाउन आज दिनभर लाग्ने बताउनुभयो । अहिले पहिरो पन्छाउने काम सुरु भएको छ । अहिलेपनि पानी परिरहेको र पहिरो खस्ने क्रमपनि नरोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो...

चितवनमा रोकिराखेको ट्रकमा स्कारपियो ठोक्कियो, पाँचजना घाइते

चितवनमा रोकिराखेको ट्रकमा स्कारपियो ठोक्कियो, पाँचजना घाइते
चितवन । चितवनको रत्ननगरमा रोकिराखेको ट्रकमा स्कारपियो ठोक्किएको छ । आज  विहान ४ः२० बजे रत्ननगर नगरपालिका ३ बेल्सी पुल नजिक विग्रेर रोकिराखेको ना ६ ख ५७१९ नम्वरको ट्रकमा बाराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेट विआर ०५ पिए ९९७४ नम्बरको स्कारपियो ठोक्किएको हो । दुर्घटनामा स्कारपियोमा सवार पाँच जना घाइते भएका छन् । घाइते हुनेमा स्कारपियो चालक बारा कलैया उपमहानगरपालिका १ बस्ने ४२ बर्षिय राजिव कुमार कुर्मी,स्कारपियोमा सवार सोही ठाँउका रामबाबु शाह,सोही ठाँउका ६१ बर्षिय मह...

सेफ्टी टंकीमा खसेर चितवनमा २ जनाको मृत्यु

सेफ्टी टंकीमा खसेर चितवनमा २ जनाको मृत्यु
चितवन । सेफ्टी ट्याङकीमा खसेर चितवनमा २ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ तमुटोल बस्ने रामप्यारी गुरुङको घरमा रहेको सेफ्टी टंकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा राम बहादुर चौधरी र छतिराम चौधरी रहेको प्रहरीले जनाएको छ ।दुवैजनाकाे शव पाेष्टमार्टमा लागि अहिले भरतपुर अस्पतालमा राखिएकाे प्रहरीले जनाएकाे छ‍ । कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नं‌ ९ घर भएका छतिराम सफाई गर्ने त्रममा अचानक चिप्लिएपछि उनलाइ उद्धार गर्न पसेका रामबहादुर चाै...

उद्योग वाणिज्य संघ चितवनद्धारा ४५ जनालाइ बेकरी बनाउने तालिम प्रदान

उद्योग वाणिज्य संघ चितवनद्धारा ४५ जनालाइ बेकरी बनाउने तालिम प्रदान
चितवन । उद्योग वाणिज्य संघ–चितवनले बेकरी बनाउने सम्बन्धी जेठ २४ र २५ गते २ दिने तालिम आयोजना गरी सम्पन्न भएको छ । बेकरी बनाउन ज्ञान दिने उद्देश्यले उद्योग वाणिज्य संघ–चितवनको आयोजना र स्पाउज क्लब अफ आरसी चितवनको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । संघको सभाहलमा सञ्चालन गरिएको उक्त कार्यक्रमलाई समापन गर्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले यस तालिमले वेकरी सम्बन्धी व्यवसाय गरिरहनु भएका व्यवसायीलाई थप नया“ कुरा सिक्ने अवसर मिल्नुका साथै नया“ सिक्न आउनु भएकालाई पन...

चितवनमा बाघ नियन्त्रण र क्षतिपुर्तिकाे माग गर्दै स्थानीय आन्दोलित

चितवनमा बाघ नियन्त्रण र क्षतिपुर्तिकाे माग गर्दै स्थानीय आन्दोलित
चितवन । बाघको आक्रमणबाट एक बृद्धाको मृत्यु भएकोमा उचित क्षतिपूर्ति र नरभक्षी बाघ नियन्त्रणको माग गर्दै जगतपुर र घैलाघारीबासी आन्दोलित भएका छन् ।आन्दोलनाकारीहरुले माडी भरतपुर सडक अन्तरगत घैलाघारी (कसरा) गेट बन्द गरेका छन् । घैलाघारी गेटमा तालाबन्दी गर्दा माडीबाट भरतपुर जाने र भरतपुरबाट माडी भित्रिने सबै गाडीहरु घैलाघारी गेटमै रोकिएका छन् । घण्टौंदेखि गेटमै रोकिनुपर्दा माडी भित्रिने र माडीबाट बाहिरिने यात्रुहरुलाई भने हैरानी भोग्नुपरेको छ ।यसअघि, मंगलबार अपरान्ह भरतपुर महानग...

चितवनमा महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार, एक जना पक्राउ

चितवनमा महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार, एक जना पक्राउ
चितवन – चितवनमा महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका ९ चौधघरे घई हल हाल चितवनको राप्ती नगरपालिका ६ आदर्श टोलस्थित माछापोखरी बस्दै आएका ४५ वर्षीय पूर्ण घलान रहेला छन् । घलानलाई खैरहनीकी एक महिलालाई बलात्कारको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए । पीडित महिलाकी भाउजुले घलानविरुद्ध मंगलबार बलात्कारको अभियोगमा जाहेरी दिएकी थिईन् । उनको जाहेरीपछि घलानलाई आज पक्राउ गरिएको प...