चितवन । नेपाल भारत मैत्री बसले चितवनमा सोहि बसका सहचालकलाई ठक्करदिदा घटनास्थलमै मृत्यु भएको छ ।
काठमान्डौबाट भारतको सिलगढी तर्फ जान आउदै गरेको बा ५ ख ७८४३ नम्बरको बसको ठक्करबाट सोहि बसका सहचालक सुनसरी घर भएका २३ वर्षका जनक दाहालको ज्यान गएको हो ।
चितवनको मौवाखोला स्थित राजमार्गमा बसको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया