×

चितवन सेरोफेरो

चितवन मेडिकल कलेजको ल्याबले पायो अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता

चितवन मेडिकल कलेजको ल्याबले पायो अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता
चितवन ।  चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला (सिएमसी ल्याब)  ले अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता प्राप्त गरेको छ । गुणस्तरीय सेवा प्रवाह गरेवापत प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त भएको अस्पतालले जनाएको छ । अस्पतालका क्वालिटी म्यानेजर एण्ड एक्कुडेशन को–अर्डिनेटर राप्रसाद शर्माका अनुसार प्रयोगशालाले आइएसओ १५१८९ः२०१२ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय ल्याब्रोटेरी मानकीकरण निगम मान्यता शिक्षा अनुसन्धान र वैज्ञानिक सेवा केन्द्र (एइआरएसएससी) ले तोक...

चितवन गौरीगंजका ४५ वर्षका पुरुष टिकौली जङ्गलमा झुण्डिए

चितवन गौरीगंजका ४५ वर्षका पुरुष टिकौली जङ्गलमा झुण्डिए
चितवन ।  चितवन पूर्व-पश्चिम राजमार्गको टिकौली जङ्गलमा एक जना पुरुष मृत भेटिएका छन्।जिल्लाको भरतपुर महानगरपालिका १२ स्थित टिकौली जङ्गलमा झुण्डिएको अवस्थामा शव फेला परेको हो। मृतक भरतपुर ८ गौरीगन्ज बस्ने अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शनिबार बिहान ८ बजे सो जङ्गलमा झुढिडएको अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको नाम गोप्य राखेको छ। मृतकले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ। शव पोस्टमार...

चितवन मेडिकल कलेजले गर्‍यो ६ जनामा कलेजो प्रत्यारोपण, कस्तो छ बिरामीको धारणा ?

चितवन मेडिकल कलेजले गर्‍यो ६ जनामा कलेजो प्रत्यारोपण, कस्तो छ बिरामीको धारणा ?
चितवन । कलेजो प्रत्यारोपणपछि जाजरकोटका भरतविक्रम शाहीले पुनर्जीवन पाएका छन्। नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उनी दंग परेका छन्।सुरुका दिनमा बाँचिएला भन्ने कम आशा बोकेका जाजरकोटको कुसे गाउँपालिका–९ निवासी शाही अहिले तन्दुरुस्त छन्। अहिले पूर्ववत् रुपमा आफ्ना काममा जुट्न सक्ने भएका छन् उनी। पुनः परीक्षणका लागि चितवन मेडिकल कलेज आएका शाहीले खुसी हुँदै सँगै रहेका चिकित्सकलाई पुनर्जीवन दिएकोमा धन्यवाद दिए। गत वर्षको असार १८ गते शाहीले यसै मेडिकल कलेजमा...

नारायणगढ -मुग्लिन सडकमा राति ९ वजे पहिरो गयो, सडक अवरुद्ध

नारायणगढ -मुग्लिन सडकमा राति ९ वजे पहिरो गयो, सडक अवरुद्ध
चितवन । पहिरो खसेपछि नारायणगढ मुुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । इच्छाकामना गाउँपालिका वडा नं. ६ तोपेखोलामा माथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राति ९ वजेदेखि गएको पहिरो हटाउनका लागि वर्षा भैरहेकोले समस्या उत्पन्न भएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि चितवनबाट पोखरा काठमान्डौ जाने र त्यताबाट चितवन आउने सबै सवारी साधनहरु रोकिएका छन् । पहिरो हटाउन समय लाग्ने बताइएको छ ।

बाँस्तोला पक्राउमा चितवन काँग्रेसको आपत्ती , जवरजस्ती दोषी ठहराउने कार्य नगर्न धम्की

बाँस्तोला पक्राउमा चितवन काँग्रेसको आपत्ती , जवरजस्ती दोषी ठहराउने कार्य नगर्न धम्की
चितवन । नेपाली कांग्रेस चितवनले पार्टीका बागमती प्रदेश प्रतिनिधि अनिल परियार ‘कान’को हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तरुण दल जिल्ला प्रवक्ता हेमन्त बाँस्तोला ‘विश्व’लाई पक्राउ गरेकोमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सभापति राजेश्वर खनालले बाँस्तोलालाई प्रहरीले पक्राउ गरेकोमा ध्यानाकर्षण भएको जनाएका हुन । सभापति खनालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘अनिल परियारको हत्या घटनामा जोडिएको भनि नेपाली कांग्रेसका क्षेत्रिय प...

पहरो काटेपछि साना सवारी साधन चल्न थाले मुग्लिन-आँबुखैरेनी सडकमा

पहरो काटेपछि साना सवारी साधन चल्न थाले मुग्लिन-आँबुखैरेनी सडकमा
काठमाडौं । मुग्लिन-आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर एकतर्फी सञ्चालन गरिएको छ।सडक विभागअन्तर्गतको सडक डिभिजन दमौलीकी प्रमुख सिडिई लक्ष्मी केसीका अनुसार अहिले माइक्रोबस सम्मका सवारी साधन एकतर्फी रूपमा चलाउन सुरू गरिएको छ। ‘साना सवारी पालैपालो गरेर पास गरिरहेका छौं। बीचमा काम पनि भइरहेको छ,’ केसीले भनिन्,‘बस र ट्रक भने पठाएका छैनौं।’सडक भासिएको ठाउँमा अब के गर्ने भन्ने अध्ययन गर्न विभागका इन्जिनियरहरूको टोली स्थलगत निरीक्षणमा रहेको उनले बताइन्। ‘यो ठाउँमा बेलिब्रिज...

मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन जाँदा पहिरोमा परेर श्रीमानकाे मृत्यु

मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन जाँदा पहिरोमा परेर श्रीमानकाे मृत्यु
चितवन । मुग्लिन-आँबुखैरेनी सडकखण्डको साँखरमा शुक्रबार बिहान सडक भासिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ। गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राक स्थायी घर भई तनहुँको आँबुखैरेनीमा बसोबास गर्दै आएका ३५ वर्षीय केशव घिमिरेको पहिरोमा परेर मृत्यु भएको हो। घिमिरे आँबुखैरेनीमा इलोक्ट्रोनिक्स पसल चलाउँथे। चितवन गएकी श्रीमती जाममा परेपछि लिन भन्दै आज (शुक्रबार)उज्यालो नहुँदै घिमिरे मोटरसाइकलमा मुग्लिनतर्फ गएका थिए। मुग्लिन पुग्न नपाउ...

भरतपुर १६ का चापागाँई पाँच दिनदेखि वेपत्ता

भरतपुर १६ का चापागाँई पाँच दिनदेखि वेपत्ता
चितवन । चितवनको भरतपुर महानगरपालिका १६ का २५ बर्षिय युवा दिवस चापागाई पाँच दिनदेखि वेपत्ता भएका छन् । आइतबार विहान ११ बजे घरबाट निस्किएका दिवस पाँच दिनसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् । चितवन शिक्षा सदन इङलिस स्कूलमा अध्यापन गराउँदै आएका दिवस केही समयदेखि घरमै आराम गरिरहेका थिए । उनलाई अन्तिम समय भरतपुरको ज्ञानेश्वर सामुदायीक वन क्षेत्रमा देखिएको स्थानियले बताएको दिवसका अंकल झलनाथ चापागाईले बताउनुभयो । आफन्तले खोजी गरिदिन आग्रह गर्दै प्रहरीमा समेत निवेदन दिएका छन् । ...

नारायणगढ- मुग्लिन सडक दुबैतर्फी खुल्यो

नारायणगढ- मुग्लिन सडक दुबैतर्फी खुल्यो
चितवन – पहिरोको कारण अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड सुचारु भएको छ । आज बिहानैदेखि अवरुद्ध सडक दुबै तर्फी रुपमा खुलेको हो ।पहिरो हटाएर ११:१५ बजेबाट सडक खुलाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आज बिहान ८:४५ बजे चितवनको इच्छाकामना गाउँपालिका ६ तोपेखोलामा सुख्खा पहिरो खसेको थियो । पहिरोको कारण सडक दुबैतर्फी अवरुद्ध भएको थियो ।