चितवन – पहिरोको कारण अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड सुचारु भएको छ । आज बिहानैदेखि अवरुद्ध सडक दुबै तर्फी रुपमा खुलेको हो ।पहिरो हटाएर ११:१५ बजेबाट सडक खुलाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आज बिहान ८:४५ बजे चितवनको इच्छाकामना गाउँपालिका ६ तोपेखोलामा सुख्खा पहिरो खसेको थियो । पहिरोको कारण सडक दुबैतर्फी अवरुद्ध भएको थियो ।

तपाईको प्रतिक्रिया