चितवन । नेपाली कांग्रेस चितवनले पार्टीका बागमती प्रदेश प्रतिनिधि अनिल परियार ‘कान’को हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तरुण दल जिल्ला प्रवक्ता हेमन्त बाँस्तोला ‘विश्व’लाई पक्राउ गरेकोमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सभापति राजेश्वर खनालले बाँस्तोलालाई प्रहरीले पक्राउ गरेकोमा ध्यानाकर्षण भएको जनाएका हुन ।

सभापति खनालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘अनिल परियारको हत्या घटनामा जोडिएको भनि नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि एवम् तरुण दल चितवनका प्रवक्ता श्री हेमन्त वास्तोला विश्व सहितलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको घटना प्रति नेपाली कांग्रेस चितवनको ध्यानाकर्षण भएको छ । घटनाको सत्य तथ्य छानविन गरी पिडित माथी न्याय दिने कार्य राज्य र प्रहरी प्रशासनको दाहित्व हो तसर्थ वास्तविक हत्यारालाई कानुन अनुसार दण्ड सजाय दिलाउन, नेपाली कांग्रेस चितवन राज्यलाई आवस्यक सहयोग गर्ने समेत जानकारी गाराउदछौ ।’

खनालले बिज्ञप्तिमा अघि भनेका छन – ‘वास्तविक हत्यारालाई कानुन अनुसार दण्ड सजाय दिलाउन, नेपाली कांग्रेस चितवन राज्यलाई आवस्यक सहयोग गर्ने समेत जानकारी गाराउदछौ । तर छानविनको नाममा निर्दोष व्यक्ति फस्ने र दोषी व्यक्तिले उन्मुक्ति पाउने कदापी हुनु हुदैन । हिरासतमा लिएको व्यक्तिलाई मानसिक तनाव दिने र जवरजस्ती दोषी ठहराउने कार्य संविधान र कानुन सम्मत पनि ठहरिदैन ।’

सभापति खनालले परियार हत्या प्रकरण निष्पक्ष र वैज्ञानिक तबरले छानविन गरि दोषीलाई कानुनको दायरामा ल्याउन जोडदार माग गरेका छन । हलुका ढंगले छानबिन गरिएमा र निर्दोष फस्ने अवस्था आए त्यासबाट सिर्जित घटनाको जिम्मेवारी स्वयंम् प्रशासन रहने समेत चितवन काँग्रेसले चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया