चितवन । पहिरो खसेपछि नारायणगढ मुुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । इच्छाकामना गाउँपालिका वडा नं. ६ तोपेखोलामा माथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राति ९ वजेदेखि गएको पहिरो हटाउनका लागि वर्षा भैरहेकोले समस्या उत्पन्न भएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि चितवनबाट पोखरा काठमान्डौ जाने र त्यताबाट चितवन आउने सबै सवारी साधनहरु रोकिएका छन् । पहिरो हटाउन समय लाग्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया