अजित अधिकारी
चितवन । माडीमा निर्माणाधीन पुलको काम कतै सुचारू भएको छ भने  कतै अधुरै देखिएको छ ।यसैगरी संघीय सरकारको बजेटमा निर्माणाधीन अबस्थामा रहेका निर्माणाधीन खोलाका पुलहरु चितवन राष्ट्रिय निकुञ्जको अबरोध र निर्माण सामाग्रीको मुल्य वृद्धिका कारण पुलको कामले गति लिन नसकेपछि निर्माण कार्यलाई स्थगित गरिएको निर्माण ब्यबसायीहरुको भनाइ छ ।

फलस्वरूप केही दिनदेखि निकुञ्ज प्रशासनलाई दोषारोपण गर्दै र पछिल्लो समय बढ्दै गइरहेको पेट्रोलियम पदार्थ र खाना पकाउने इन्धनदेखि लिएर भवन निर्माणमा चाहिने सिमेन्ट, रड, जस्तापाता लगाएतका सामाग्रीको मुल्य आकाशियपछि निर्माणाधीन खोलाका पुलको काम रोकिएको भनेर समाचार आएको थियो ।

भरतपुर माडी ठोरी हुलाकी सडक अन्तर्गत माडीमा मात्रै एक अर्ब १७ करोड ३१ लाख २७ हजार ४४२ रुपैयाँको लागतमा १२ वटा पुल निर्माण गर्न लागिएको हो ।अहिले माडीमा अन्य खोलामा निर्माणाधीन पुलको काम सुस्त भइरहेका बेला चिताई खोलामा पुल निर्माणको कामले तिब्रता पाइरहेको छ ।

अन्य खोलामा पुल निर्माणको कार्यमा किन सुस्तता रु भन्ने प्रश्नमा इन्जिनियर गोपाल शाहले भने, झ मुल्य वृद्धिका कारण रोकिएको हो । तर यसलाई स्वभाबिक रूपमा लिनुपर्छ ।ञ तर यसो भनिरहँदा काम रोक्नुपर्छ भन्ने होइन ।ञ अरुले के गरे के गरेनन् म जान्दिन, तर हाम्रो लक्ष्य भनेको आफ्नो जिम्मामा परेको काम पूरा गर्नु हो ।ञ उनले फेरि भने, हाम्रो लुम्बिनी प्राकृतिक जेभी कम्पनी हो ।

झझहामीले माडीमा ३ वटा पुल निर्माणको कामको ठेक्का लिएका छौ ।ञञ झतर हामीले जिम्मामा लिएका कामहरु अधुरो बन्न दिने छैनौं । इन्जिनियर शाहका अनुसार, चिताई, टुनामुना, र रिउ खोलाको पुल निर्माणको जिम्मा लुम्बिनी प्राकृतिक जेभी कम्पनीको रहेको बताए । झन्डै ५ करोड ८७ लाख २० हजारको लागतमा बन्न लागेको चिताई खोलाको पुल निर्माणमा अब एप्रोच रोड राख्न बाँकी रहेको र खोला नियन्त्रणको लागि मात्र काम भइरहेको र काम धमाधम भएको बताए ।

तर उता, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बीरगंजका अनुसार, पुल निर्माणको ठेक्का पाएका ब्यबसायीले विभिन्न समयमा म्याद थप गर्दा समेत निर्माण सम्पन्न गर्न सकेका छैनन् ।

यसैगरी पुल निर्माणमा निकुञ्जले स्थानीय खोलाको ढुङ्गा, गिटी प्रयोग गर्न नदिदा समस्या भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बीरगंजका प्रमुख बरोगाप्रसादले बताए । उनका अनुसार, निर्माणाधीन ३ वटा पुलको इआइएका लागि अनुमती नै प्राप्त भएको छैन । ३ वटा पुलको अनुमती लिन युनेस्कोमा पठाइएको उनले बताए ।

अहिलेसम्म मगोई खोलाको ८० प्रतिशत, रिउको ५५ प्रतिशत, बाँदरमुढेको ६० प्रतिशत, बगईको ६० प्रतिशत, रतनीको ९० प्रतिशत र घाँघर खोला पुलको भौतिक प्रगति ४० प्रतिशत छ । त्यस्तै पतरेको ३५ प्रतिशत टुनामुनाको ८० प्रतिशत र चितई खोला पुलको ५० प्रतिशत प्रगति भएको उनको भनाइ छ ।यसैगरी अहिलेसम्म माडीमा रिमाल खोला र परुई खोलाको पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । भने पतरे खोलामा पुल निर्माणको कार्यमा अझै सुस्तता देखिएको छ ।

तपाईको प्रतिक्रिया