अजित अधिकारी
चितवन । कहालीलाग्दो बाँदरमुढे घटना भएको १६ बर्ष पुगेर आज १७ बर्षमा प्रवेश गरेको छ ।तत्कालीन माओवादी पार्टीले राखेको बिद्युतिय धरापमा परेर ७५ जना घाइते भएका थिए । भने ३९ जनाको घट्नास्थलमा नै मृत्यु भएको थियो ।बगही बसपार्कबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुबाहक बस कल्याणपुर बाँदरमुढे खोलामा माओवादीले राखेको बिद्युतिय धरापमा परेको थियो ।पीडितका अनुसार, आँफुहरुले अझैपनि राहत नपाएको र दोषीलाई कारबाही नगरेकोमा दुखेसो पोखेका छन् ।

यसैगरी बाँदरमुढे घट्ना पीडित समितिका उपाध्यक्ष एबम उक्त घट्नामा परेर २ वटा खुट्टा ढाड र छातीको करङ्ग र हात भाँचिएको र अहिले हाल देब्रे खुट्टामा स्टिल राखेर सामान्य हिडडुल गर्दै आएका अधिकारी भन्छन् ´भाग्यले बाँचेको हुँ तरपनि यस्तो अबस्थामा पनि आँफुले एकपटक मात्र चितवनको फुलबारीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको बताए ।

भेटमा दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जाहेर गरेका उनले पीडितलाई राहतको प्याकेज ल्याउने आश्वासन दिएर मात्र गएको बताए ।` यसैगरी उनले भने ´प्रचण्ड माडी आउने भएपछि मेरो घर वरपर सुरक्षा ब्यबस्था कडा बनाइन्छ । वाइसीएल प्रहरी नेता तथा कार्यकर्ताहरुले मेरो घर घेर्न थाल्छन् ।यसमा मलाई अचम्म लाग्छ उनले भने, ´बरु यस्तो गर्नुभन्दा मलाई एकपटक भेटेर राम्रोसँग कुराकानी गर्दापनि हुन्छ नि, अधिकारीले भने ।

हाम्रा मागहरु संबोधन गरेर अगाडि बढे हामी पीडितहरु आभारी हुने थियौं । यो संगै उनले भने, ´ हामी पीडितसंग बहस गरेर हाम्रा भनाइ र मागहरु र हाम्रा दुखका बेदनाहरु हामीलाई सुनाउन मन छ । तर उहाँ हामीसंग आँफै तर्किन खोज्नुहुन्छ ।` उनले भने, यसैगरी आज कहालीलाग्दो बाँदरमुढे घट्ना घटेको घट्नास्थल कल्याणपुर बाँदरमुढे खोलामा ´´दोषीलाई कारबाही गर, पीडितको अधिकार सुनिश्चित गर“ भन्ने नाराका साथ बाँदरमुढे घट्ना पीडित समितिद्वारा स्मृति कार्यक्रम गरिदैछ ।

कार्यक्रम आज बिहान ८ बजेबाट शुरु हुँदैछ । एड्भोकेसी फोरम नेपाल र बाँदरमुढे घट्ना पीडित समितिको आयोजनामा हुन लागेको कार्यक्रममा मानव अधिकारकर्मीहरु सुशील प्याकुरेल, कनकमणि दिक्षीत, अर्जुन ढकाल आउनुहुने बाँदरमुढे घट्ना पीडित समितिका उपाध्यक्ष लेखनाथ अधिकारी (कृष्ण) ले जानकारी दिए ।

उता, विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति चितवनले पनि आज सोमबार बाँदरमुढे घट्नास्थलमा दिबङ्गत भएका ब्यक्तिहरुको आत्माको चिरशान्तिको कामना गर्दै लक्ष्यद्विप प्रज्वलन अखण्ड किर्तन तथा सत्सग कार्यक्रम गर्न लागिएको बिश्व हिन्दु महासंघ माडीका नगर अध्यक्ष एबम युवा पण्डित सुदर्शन सुबेदीले वताए ।उनका अनुसार, बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बाँदरमुढेमा अखण्ड किर्तन तथा लक्ष्यद्विप कार्यक्रम हुने बताए ।

तपाईको प्रतिक्रिया