×

चितवन सेरोफेरो

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि बन्द

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि बन्द
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आजदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाक लगायत गतिविधि बन्द गरिएकोे हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो । अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको उहाँले बताउनुभयो । निकुञ...

जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायण अधिकारी निर्वाचित

जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायण अधिकारी निर्वाचित
चितवन । जिल्ला समन्वय समिति  चितवनको प्रमुखमा पाँचदलीय गठबन्धन र नेकपा एमाले को मत बराबर आएपछि गोला प्रथा गरिएको छ ।जिसस प्रमुख र सदस्यहरुको लागि मंगलबार भएको निर्वाचनमा बराबर मत खसेको हो । जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए । गोलाप्रथा गर्दा जिसस प्रमुखमा एमालेका नारायणप्रसाद अधिकारी विजयी भएका छन् । पाँच दलीय गठबन्धनबाट प्रमुखको उमेदवार बनेका नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट पराजित भएका हुन् । उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी ...

जिसस चितवनको उपप्रमुखमा गठबन्धनकी सापकोटा निर्विरोध, प्रमुखसहित सदस्यमा १६ जनाको उम्मेदवारी

जिसस चितवनको उपप्रमुखमा गठबन्धनकी सापकोटा निर्विरोध, प्रमुखसहित सदस्यमा १६ जनाको उम्मेदवारी
चितवन– जिल्ला समन्वय समिति (जिसस) चितवनका प्रमुख, उपप्रमुखसहितका पदमा १६ जनाको उम्मेदवारी परेको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा भएको मनोनयन दर्ता कार्यक्रममा १६ जनाको उम्मेदवारी परेको कार्यालयका भेषबहादुर गुरुङले जानकारी दिए । जिससको प्रमुखमा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र नेकपा (एमाले) बाट नारायण प्रसाद अधिकारीको उम्मेदवारी परेको छ । यस्तै उपप्रमुखमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की कल्पना काफ्ले सापकोटाको उम्मेदवारी परेको छ । सा...

राष्ट्रिय गौरवका आयोजना निर्माणपछि ठुलो संख्यामा रोजगारी सिर्जना हुन्छ : मेयर रेनु दाहाल

राष्ट्रिय गौरवका आयोजना निर्माणपछि ठुलो संख्यामा रोजगारी सिर्जना हुन्छ : मेयर रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर निर्माणधिन राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न भएपछि भरतपुरमा ठुलो संख्यामा रोजगारी सिर्जना हुने बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा न्यु आर आर क्लब भरतपुर–२१, शिवशक्ति युवा क्लब भरतपुर–१४ र सुर्योदय क्लब भरतपुर–१५ ले आईतबार संयुक्त रुपमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सो कुरा उल्लेख गर्नु भएको हो । भरतपुर महानगरपालिका वडा नम्बर १४,१५ र २१ मा राष्ट्रिय गौरवका आयोजना निर्माणध...

अंकुरम् एकेडेमीद्धारा एसईइ फुटसल प्रतियोगिता आयोजना

अंकुरम् एकेडेमीद्धारा एसईइ फुटसल प्रतियोगिता आयोजना
चितवन । एसईई को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि अंकुरम एकेडेमी भरतपुरले एइई स्तरिय फुटसल प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीहरुमा लुकेर रहेको क्षमता विकास संगै बैयक्तिक र शारिरिक विकासमा सहयोग पुर्याउने उद्धेश्यले अंकुरम्ले प्रतियोगिता आयोजना गरेको एकेडेमीका प्राचार्य सुमन पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा प्रेमबस्ती माविको समुह प्रथम भयो । यस्तै फस्ट रनरअफ अंकुरम एकेडेमीको समुहले हात पार्न सफल भयो । विद्यार्थीहरुमा थप हौसला बढाउन प्रथम हुनेलाई ट्र...

चितवन मेडिकल कलेजको ल्याबले पायो अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता

चितवन मेडिकल कलेजको ल्याबले पायो अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता
चितवन ।  चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला (सिएमसी ल्याब)  ले अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता प्राप्त गरेको छ । गुणस्तरीय सेवा प्रवाह गरेवापत प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त भएको अस्पतालले जनाएको छ । अस्पतालका क्वालिटी म्यानेजर एण्ड एक्कुडेशन को–अर्डिनेटर राप्रसाद शर्माका अनुसार प्रयोगशालाले आइएसओ १५१८९ः२०१२ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय ल्याब्रोटेरी मानकीकरण निगम मान्यता शिक्षा अनुसन्धान र वैज्ञानिक सेवा केन्द्र (एइआरएसएससी) ले तोक...

चितवन गौरीगंजका ४५ वर्षका पुरुष टिकौली जङ्गलमा झुण्डिए

चितवन गौरीगंजका ४५ वर्षका पुरुष टिकौली जङ्गलमा झुण्डिए
चितवन ।  चितवन पूर्व-पश्चिम राजमार्गको टिकौली जङ्गलमा एक जना पुरुष मृत भेटिएका छन्।जिल्लाको भरतपुर महानगरपालिका १२ स्थित टिकौली जङ्गलमा झुण्डिएको अवस्थामा शव फेला परेको हो। मृतक भरतपुर ८ गौरीगन्ज बस्ने अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शनिबार बिहान ८ बजे सो जङ्गलमा झुढिडएको अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको नाम गोप्य राखेको छ। मृतकले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ। शव पोस्टमार...

चितवन मेडिकल कलेजले गर्‍यो ६ जनामा कलेजो प्रत्यारोपण, कस्तो छ बिरामीको धारणा ?

चितवन मेडिकल कलेजले गर्‍यो ६ जनामा कलेजो प्रत्यारोपण, कस्तो छ बिरामीको धारणा ?
चितवन । कलेजो प्रत्यारोपणपछि जाजरकोटका भरतविक्रम शाहीले पुनर्जीवन पाएका छन्। नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उनी दंग परेका छन्।सुरुका दिनमा बाँचिएला भन्ने कम आशा बोकेका जाजरकोटको कुसे गाउँपालिका–९ निवासी शाही अहिले तन्दुरुस्त छन्। अहिले पूर्ववत् रुपमा आफ्ना काममा जुट्न सक्ने भएका छन् उनी। पुनः परीक्षणका लागि चितवन मेडिकल कलेज आएका शाहीले खुसी हुँदै सँगै रहेका चिकित्सकलाई पुनर्जीवन दिएकोमा धन्यवाद दिए। गत वर्षको असार १८ गते शाहीले यसै मेडिकल कलेजमा...

नारायणगढ -मुग्लिन सडकमा राति ९ वजे पहिरो गयो, सडक अवरुद्ध

नारायणगढ -मुग्लिन सडकमा राति ९ वजे पहिरो गयो, सडक अवरुद्ध
चितवन । पहिरो खसेपछि नारायणगढ मुुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । इच्छाकामना गाउँपालिका वडा नं. ६ तोपेखोलामा माथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राति ९ वजेदेखि गएको पहिरो हटाउनका लागि वर्षा भैरहेकोले समस्या उत्पन्न भएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि चितवनबाट पोखरा काठमान्डौ जाने र त्यताबाट चितवन आउने सबै सवारी साधनहरु रोकिएका छन् । पहिरो हटाउन समय लाग्ने बताइएको छ ।