×

चितवन सेरोफेरो

१७ एसएसपी डीआईजी बढुवामा सिफारिस, पहिलो नम्बरमा बसन्त कुँवर

१७ एसएसपी डीआईजी बढुवामा सिफारिस, पहिलो नम्बरमा बसन्त कुँवर
काठमाडौं । गृहमन्त्रालयले प्रहरी नायब उपरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ ।यही असार ८ गते बसेको बढुवा समितिको बैठकले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर रहेका छन् । दोस्रो नम्बरमा प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई रहेका छन् ।

‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्छु : रेनु दाहाल

‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्छु :  रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । बुधबार भरतपुर वडा नंं ७ मध्यविन्दु टोलस्थित प्रेमवस्ती कवर्ड हलको शिलान्यस कार्यक्रममा मेयर दाहालले सो कुरा बताउनुभएको हो । भरतपुरबासीहरुको चाहाना तीब्र विकास, सुशासन, पदर्शशिता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षको लागि मैदान उत्रिसकेको प्रमुख दाहालले बताउनुभयो । ‘सबै पक्षले मलाई अत्याधिक मत दिनुभएको छ, उहाँले भन्नुभयो,‘यसको लागि म...

चितवनकाे राप्ती स्थित मार्तल खोलामा ३४ बर्षका कैलाश चेपाङकाे शव भेटियाे

चितवनकाे राप्ती स्थित मार्तल खोलामा ३४ बर्षका कैलाश चेपाङकाे शव भेटियाे
चितवन । राप्ती ३ को मर्ताल खोलामा एक ब्यक्ति मृत फेला परेका छन । पानीमा डुबेको अवस्थामा राप्ती ३ बस्ने ३४ बर्षिय कैलाश चेपाङ बुधबार बिहान मृत फेला परेका हुन्।पानीमा डुबेको अवस्थामा स्थानीयले चेपाङको शव देखेपछि प्रहरिलाइ खबर गरेका थिए । मृतक चेपाङ छारे रोगको बिरामी  भएको र सोही कारणले घटना घटेको हुन सक्ने अनुमान गरिएको छ । हाल शवको पोस्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

भरतपुरबासीलाई खुसी र सुखी बनाउछौ : मेयर रेनु दाहाल

भरतपुरबासीलाई खुसी र सुखी बनाउछौ : मेयर रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरबासीलाई खुसी र सुखी बनाउने कार्यमा अगाडि बढेको बताउनुभएको छ ।८ अ‍ौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लाईन्स क्लब अफ चितवन आरोग्यले मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा औल्याउनु भएको हो । मेयर दाहालले अब हुने विकासका गतिविधिमा भरतपुरबासीलाई कसरी खुसी र सुखी बनाउनेतर्फ ध्यान केन्द्रित गरिएको बताउनुभयो ।खुसी महानगरबासी बनाउन विभिन्न विषयगत विज्ञहरुसँग छुटाछुट्टै छलफल, परामर्श एवम् सुझाव संकलन गर्...

चितवनका पूर्व सिडिओ विनोदप्रकाश सिंह सचिवमा बढुवा

चितवनका पूर्व सिडिओ विनोदप्रकाश सिंह सचिवमा बढुवा
काठमाडौं–सरकारले विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबारको बैठकले बढुवा समितिको सिफारिसका आधारमा सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । उनी यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिव थिए ।लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा ३१ जेठमा बसेको बढुवा सिफारिस समितिको बैठकले सिंहको नाम सचिव बढुवामा सिफारिस गरेको थियो ।

चितवनमा साढे दुई महिना बन्धक बनाएर बलात्कृत महिलाको मृत्यु

चितवनमा साढे दुई महिना बन्धक बनाएर बलात्कृत महिलाको मृत्यु
जेठ २० गते दिउँसो, राप्ती नगरपालिका १ पिप्लेको नयाँबस्तीमा रहेको भीमकुमारी तामाङको घर अघि एउटा अटो रोकियो। अटोबाट एक अधबैँशे पुरुष झरे। तिनले अलिकति सहारा दिएझैँ गरेपछि दीर्घ रोगले थलिएकी एक महिला सकीनसकी अटोबाट झरिन्। टिसर्ट र जिन्स पाइन्टमा झरेकी महिलाको कपाल जिङ्ग्रिङ्ग थियो। ज्यान सुकेर मुठ्ठी भरको भएको। ति मानिसहरू झट्ट भीमकुमारीले चिन्न सकिनन् । तर, उनीहरू आफ्नै घरतिर आइरहेका थिए। भीमकुमारीले अड्कल गर्दै गर्दा, भाउजू सम्बोधन गरिन्, तिनै महिलाले। परिवारको सदस्य एकै...

वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बित

वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बित
काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको श्रोतले जनाएको छ ।निगमका पूर्वकर्मचारी अधिकारी गत कात्तिकमा अध्यक्ष नियुक्त भएका थिए । पछिल्लो समय उनको र पर्यटनमन्त्री प्रेमबहादुर आलेको सम्बन्ध राम्रो थिएन । आलेले अधिकारीलाई अश्लिल शब्दले गाली गरेको अडियोसमेत सार्वजनिक भएको थियो ।अडियो सार्वजनिक भए लगत्तै कर्मचारीको एक समूहले आलेलाई बर्खास्त गर्न माग गर्दै आएको थियो ।यद्य...

महँगो भयो हवाई यात्रा, भरतपुर- काठमाडौंको भाडा कति ?

महँगो भयो हवाई यात्रा, भरतपुर- काठमाडौंको भाडा कति ?
चितवन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई संघले आन्तरिक उडानको भाडा बढाएको छ । संघले सबै गन्तव्यका भाडादर वृद्धि गरेसँगैे भरतपुर–काठमाडौंको पनि हवाई यात्रा महँगोभएको छ ।संघले सोमबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको छ । नयाँ भाडादरअनुसार भरतपुर–काठमाडौं भाडा २०० रुपैयाँले बढेर टोटल फेयरमा ४ हजार ९३५ रुपैयाँ पुर्याएको छ । काठमाडौंबाट माउन्टेन फ्लाइट ६५५ रुपैयाँसम्म वृद्धि भएको छ। काठमाडौं-भद्रपुर ५७०, काठमाडौं-विराटनगर ४५५, काठमाडौं(धनगढ...

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त चितवनबाट पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त चितवनबाट पक्राउ
चितवन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।चितवनको खैरहनी नगरपालिका-४ बस्‍ने ३५ वर्षीय धनबहादुर तामाङलाई सोमबार सीआईबीको टोलीले पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ६ दिन कैद सजाय र १३ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।तामाङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी एभरेष्ठ बैंकको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो । चितवनमा लुकिछपी ब...