प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता आजदेखि
चितवन । चितवन जिल्ला ब्याडमिन्टन सङ्घ र हरिलाला धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा योनेक्स सन्राइज प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आजदेखि फागुन १ गतेसम्म प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
चितवन जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष भरत मल्लका अनुसार प्रतियोगितामा देशभरका ३०० खेलाडीहरू आठ विधाका लागि सहभागी हुने छन् । भरतपुरको कभडहलमा हुने प्रतियो...


