Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाण्डौ –प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको उपाधिका लागि आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दै छन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेल बिहान ९ बजे हुनेछ । एपीएफका कप्तान शरद भेषवाकारले फाइनलसम्म पुग्नु एपीएफका लागि ठूलो उपलब्धि भएको र फाइनल खेलमा पनि राम्रो प्रदर्शन गर्ने बताए ।

आर्मीका कप्तान बिनोद भण्डारीले आवश्यक पर्दा संकट टार्ने क्षमताका खेलाडी रहेकाले आजको उपाधि जित्न प्रयत्नशील रहने बताएका छन् ।

एपीएफले पहिलो सेमिफाइनलमा अर्का विभागीय टोली नेपाल पुलिसलाई हराएर फाइनलमा पुगेको हो भने त्रिभुवन आर्मीले वाग्मती प्रदेशलाई हराएर फाइनलमा पुगेको हो ।

तपाईको प्रतिक्रिया