Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर–कावासोती नगरपालिका वडा नं. ४ हसौरामा जारी दोस्रो नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताको आज पाँचौं दिनको खेलमा चोरमारा युथ क्लवले जित निकालेको छ ।अठ्ठाईस बिगाहा एफसीसँग भएको खेलमा चोरमाराले २–० गोल अन्तरले जित निकालेको हो ।

मध्यान्तरसम्म दुबै टीमका तर्फबाट अत्यन्त प्रतिस्पर्धात्मक प्रदर्शन रहेको थियो । मध्यान्तरसम्म बराबरी अवस्थामा रहेको खेलमा ४८ र ६१ मिनेटमा क्रमशः चोरमाराका सन्तोष सुनार र सुभाष हमालले एक–एक गोल गरे ।आजको खेलमा चोरमाराका खेलाडी समिर थापा म्यान अफ द म्याच बनेका छन् । गुरुङलाई फुटवल संघ नवलपुरका द्धितीय उपाध्यक्ष हरि थापाले म्यान अफ द म्याचको ट्रफी प्रदान गरे ।

भोली बुधवारको खेल मध्यबिन्दु–१ को नवशक्ति युवा क्लव र डण्डाको सनलाईट सामुदायिक बिकास केन्द्रबीच हुने क्लवका अध्यक्ष शुशिल पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया