Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं । प्रधानमन्त्री कप पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछ ।समूह ‘क’ मा रहेका लुम्बिनी प्रदेश र प्रदेश २ ले आज पहिलो खेल खेल्दैछन् । यस खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छन् ।

लुम्बिनी कृष्ण कार्कीको कप्तानीमा खेल्दैछ भने प्रदेश २ को नेतृत्व सुरज कुर्मीले गर्दैछन् । भेट्रान मेहबुब आलम पनि प्रदेश २ टोलीमा छन् ।यस्तै समूह ‘बी’ अन्तर्गत गण्डकी प्रदेश र कर्णाली प्रदेशबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । गण्डकीको यो तेस्रो खेल हो भने कर्णालीको दोस्रो खेल हो ।

पहिलो खेलमा विभागीय टोली आर्मीसँग ९८ रनले पराजित भएको गण्डकीले दोस्रो खेलमा प्रदेश १ लाई २ विकेटले पराजित गरेको थियो । यस्तै कर्णाली पहिलो खेलमा आर्मीसँग पराजित भएको थियो ।गण्डकी लगातार दोस्रो जित हात पार्ने योजनामा हुनेछ भने कर्णाली पहिलो जितको खोजीमा छ ।

तपाईको प्रतिक्रिया