×

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ ।गएराति भएको खेलमा लिभरपुल बर्नलीसँग १–० गोल अन्तरले पराजित भएको हो । बर्नलीको जितका लागि ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा आस्ले बार्नेसले गरेको गोल नै निर्णायक बन्यो ।

पराजित भएको लिभरपुल १९ खेलबाट ३४ अङ्कसहित चौथो स्थानमा छ । जित निकालेको बर्नली १८ खेलबाट १९ अङ्कसहित १६ औँ स्थानमा उक्लिएको छ । यो हारसँगै लिभरपुलको घरेलु मैदानमा रहेको अपराजित यात्रा टुङ्गिएको छ ।

तपाईको प्रतिक्रिया