नामिबियाविरुद्ध नेपाल विजयी– तीन खेलाडीको अर्धशतक
काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तरगत नामिबियाविरुद्धको खेलमा नेपालले सहज जित हात पारेको छ । नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ३ विकेट र १५ बल बाँकी छँदै पूरा गरेको हो ।
नेपालको जितमा ब्याटिङतर्फ आसिफ सेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्ल तथा बलिङतर्फ सन्दीप लामिछानेले मुख्य भूमिका निभाए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य ४७।३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्दै नेपालले सानदार जित निकालेको हो ।
नेपालको जितमा आसिफ र ज्ञानेन्द...


