चितवन।  हाईलाईट युथ क्लब चितवनको कालिका नगरपालिकामा जारी कमरेड निमा स्‍मृति खुला नक आउट फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।शनिबार सम्पन्न खेलमा ग्यापुर वारियर एफसीलाई सडन डेथमा पाखा लगाउदै हाईलाईटले क्वाटरफाइनलमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो ।

टाईब्रेकरमा पनि बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट निस्कियो ।खेलको म्यान अफ दि म्याच हाईलाईटका विशाल तामाङ घोषित भए ।प्रतियोगितामा आइतबार कुनै खेल छैन । सोमबार देविटार एफसी र भरतपुर ८ गौरीगन्ज भिड्ने आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी कालिका नगर समितिका अध्यक्ष सिद्धान्त मगरले जानकारी दिए ।

जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा प्रतियोगिता आयोजना भएको हो । १९ गतेसम्म हुने प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया