कतार ।फिपा विश्वकप फूटवल अन्तर्गत कतारमा जारी खेलमा शनिवार क्रोएशिया र मोरोक्कोबीच खेल हुने भएको छ ।सेमी फाइनलमा पराजित भएका ती दुवै राष्ट्रले तेस्रो स्थानका लागि खेल्न लागेका हुन् ।

खालिफा स्टेडिएममा उक्त खेल राति पौने नौ बजे शुरु हुनेछ । सेमिफाइनलमा क्रोएशिया अर्जेन्टिनासँग ३ – ० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २- ० ले पराजित भएको थियो ।

यी दुवै राष्ट्रको टोलीको समूह चरणमै भेट भएको थियो । उक्त खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए । क्रोएशिया साविकको उपविजेता टोली हो भने मोरोक्को पहिलो पटक सेमिफाइनलसम्म पुगेको राष्ट्र हो । अव विश्वकपको फाइनल खेल भने आगामी आइतवार राति पौने ९ बजेदेखि हुनेछ ।

अब ‘हेभिवेट’ भिडन्त
साविक विजेता फ्रान्सले विश्वकप फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ । फाइनलमा केलियन एमबाप्पेको लियोनल मेसीसँगको भिडन्त हुने छ । डिफेन्डिङ च्याम्पियन फ्रान्सले बुधवार ‘अन्डर डग’ मोरक्कोलाई २–० ले हराएपछि फाइनलमा दुई ठूला टिमबीच हेभिवेट भिडन्त हुन लागेको हो ।

फ्रान्सको सबैभन्दा ठूलो चुनौती मेसीलाई रोक्नु नै हुनेछ । अर्जेन्टिना सन् १९८६ यता पहिलो विश्वकप जित्ने अभियानमा छ । एजेन्सी

तपाईको प्रतिक्रिया