नगरस्तरीय मेयरकप फुटवलको उपाधि गैँडाकोट १४ लाई
गैँडाकोट । नवलपुरको गैँडाकोटमा सञ्चालित गैँडाकोट दोस्रो नगरस्तरीय मेयरकप फुटवलको उपाधि गैँडाकोट वडा नं. १४ ले उचालेको छ ।
गैँडाकोट वडा नं. १० र वडा नं. १४ विच शनिवार भएको फाइनल प्रतिष्पर्धामा ४ का विरुद्ध ५ गोल गर्दै गैँडाकोट १४ले उपाधी रक्षा गरेको हो । तोकिएको समयभित्र दुवै समूहबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।
जितसगै गैँडाकोट वडा नं. १४ ले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र हा पारेको छ । प्रतियोगितामा उपविजेता बनेको गैँडाकोट १० ले ३५ हजार नगद ...


