पहिलो खेलमा आज नेपालले घरेलु टोली जिम्बाब्वेको सामना गर्दै
काठमाडौं । आजदेखि जिम्बाब्वेमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ ।समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।
नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्न लागेको हो ।यसअघि नेपालले सन् २०१८ मा पनि जिम्बाब्वेमै भएको विश्वकप छनोटमा जिम्बाब्वेसँग खेलेको थियो । तर, त्यतिबेला नेपालक...


