शुक्रबारबाट ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन हुँदै, कति कित्ता भर्ने ?
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६६ करोड रुपैयाँबराबरको आईपीओ भोलि शुक्रबार देखि निष्कासन हुँदैछ।धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार सीडीएससीको निर्देशनमा ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ तोकिएको मितिभन्दा २ दिनअगाडि नै निष्कासन गर्न लागिएको हो। यसअघि यो आईपीओ फागुन २३ गते आइतबारदेखि निष्कासन हुने भनिएको थियो।
सीडीएससीले कारोबार दिनमा मेरो सेयर पोर्टलमा लोड पर्ने हुँदा शुक्रबार सेयर कारोबार नहुने दिनदेखि आईपीओ निष्का...


