औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री कञ्चनपुर जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुदुरपश्चिम प्रदेशस्थित कञ्चनपुर जाने भएका छन्।प्रधानमन्त्री ओलीले सोमबार कञ्चनपुरस्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओली काठमाडौंबाट जहाजमा धनगढी जाने र त्यहाँबाट हेलिकप्टरमा कञ्चनपुर जाने स्रोतको भनाइ छ।२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा दैजी छेलामा औद्योगिक क्षेत्र बनाउने घोषणा भएको थियो।
त्यसबेला केही बजेटसमेत विनियोजन भए पनि निकुञ्जको क्षेत्रभित्र पर्ने भन्दै...


