काठमाण्डौ । हालसम्मकै ठूलो आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा को धितोपत्र दोस्रो बजारमा आज आइतबार नियमित कारोबार खुलेको छ।
नेपाल स्टक एक्सचेन्ज नेप्से ले पहिलो कारोबारका लागि तोकेको रेन्जभित्र सेयर किनबेच भएसँगै निफ्राको नियमित कारोबार खुलेको हो। निफ्रा सेयर स्पेसल प्रि–ओपन सेसनमा प्रतिकित्ता ३४० रुपैयाँका कारोबार भएको छ। नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता रु। ११३।६२ देखि रु। ३४०।८६ रुपैयाँ रेन्ज तोकेको थियो।
निफ्राले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ०।२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।
निफ्राले धितोपत्र कारोबारसम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य रजिष्टारसम्बन्धी कार्य गर्न ग्लोबल आईएमई क्यापिटललाई सेयर रजिष्टार नियुक्त गरेको छ।