×

गैँडाकोट । नवलपरासीको गैँडाकोटमा चारजना युवाहरु मिलेर चिकेन हाउस सञ्चालनमा ल्याएका छन । गैँडाकोट नगरपालिका वडा नं. २ भृकुटीचोकमा स्थानीय युवाहरु मिलेर चिकेन हाउस सञ्चालनमा ल्याएका हुन् ।
२५ लाखको लगानीमा आफु सहित चारजना युवाहरु मिलेर व्यवसाय सञ्चालनमा ल्याएको लगानीकर्ता मध्येका एक सविन क्षेत्रीले बताए ।
चिकेन हाउसको आज एक कार्यक्रमका वडा नं. २ का अध्यक्ष ध्रुवराम पौडेलले उद्घाटन गरे । वडाअध्यक्ष पौडेलले युवाहरु मिलेर सञ्चालनमा ल्याएको व्यवसायको सफलताको कामना गर्दै उनले गुणस्तरमा ध्यान दिन आग्रह गरे ।
उपभोक्तलाई ताजा, स्वस्थ्य र सफा मासु उपलव्ध गराउनको लागि चिकेन हाउस सञ्चालनमा आएको अर्का व्यवसायी सन्तोष क्षेत्रीले बताए ।

तपाईको प्रतिक्रिया