×

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रवार बिहान ८ बजे बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालय हात्तिसार, काठमाडौंमा आईपीओ बाँडफाँट हुने भएको हो ।

विक्री प्रबन्धकको अफिसियल फेसबुक पेजबाट बाँडफाँटको कार्यक्रम प्रत्यक्ष प्रसारण हुने समेत विक्री प्रबन्धकको भनाइ छ ।

यस कम्पनीको आईपीओमा १५ लाख ८० हजार ७८१ जनाले आवेदन दिएका छन् । अन्तिम दिन फागुन ५ गते बुधवार साझ ५ बजेसम्म यी आवेदकबाट २ करोड ४६ लाख ६६ हजार १७० कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा ६५ दशमलव ७७ गुणा बढी हुन आउँछ ।

कम्पनीको आईपीओका लागि परेको आवेदन हालसम्मकै उच्च रहेको छ । यस अघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजारभन्दा बढीको आवेदन परेको थियो ।

कम्पनीले माघ ३० गतेदेखि सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । प्रतिकित्ता रू १०० अंकित दरको कुल ४ लाख कित्ता आईपीओमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखेको छ ।

 

तपाईको प्रतिक्रिया